5 years ago
April 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया क्रिकेट टोली वैशाख पहिलो साता कीर्तिपुर मैदानमा नेपाल र नेदरल्याड्ससँग खेल्ने टि२० आई त्रिकोणात्मक सिरिजको लागि नेपाल आइपुगेको छ ।

मलेसिया टोली दिउँसो साढे १२ बजे त्रिभुवन विमानस्थल आई पुगेको थियो । त्यस्तै नेदरल्यान्ड्सको टोली विहान ९ बजे त्रिभुवन विमानस्थलमा आई पुगेको थियो । यी दुबै टोली नेपाल आइपुगेको २४ घण्टा भित्र कोरोना परिक्षण हुने छ । क्यानले त्रिकोणात्मक मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । सबै खेल दिउँसो १२ ः १५ र १ः१५ देखि सुरु हुने छन् । यसअघि दिउँसो २ ः १५ मा हुने भनिएको थियो । नेपाली टोली २० सदस्य टोली बन्द प्रशिक्षणमा छ । अन्तिम १४ सदस्य टोली घोषणा भने हुन बाँकी छ ।
त्रिकोणात्मक सिरिजको खेल तालिका
वैशाख ४ : नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख ५ : नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख ६ : नेपालविरुद्ध मलेसिया
वैशाख ७ : नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख ८ : नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख ९ : नेपालविरुद्ध मलेसिया
वैशाख १० : विश्राम
वैशाख ११ : फाइनल (लिगपछि शीर्ष दुईटोली)
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]