default_image

3 years ago

April 18, 2021

नेदरल्यान्ड्सको सुदृढ सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याट्सम्यानले संयमित ब्याटिङ गरेपछि नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध खेलमा सुदृढ सुरुवात गरेको छ । खेलको १० ओभर सकिँदा नेदरल्यान्ड्स २ विकेट गुमाउँदै ७६ रनको स्थितिमा छ । म्याक्स ओ’डाउड २७ बलमा ३४ रन जोड्दै क्रिजमा जमिरहेका छन् । उनले ४ चौका प्रहार गरेका छन् । उनलाई क्रिजमा बेन […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याट्सम्यानले संयमित ब्याटिङ गरेपछि नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध खेलमा सुदृढ सुरुवात गरेको छ ।

खेलको १० ओभर सकिँदा नेदरल्यान्ड्स २ विकेट गुमाउँदै ७६ रनको स्थितिमा छ । म्याक्स ओ’डाउड २७ बलमा ३४ रन जोड्दै क्रिजमा जमिरहेका छन् । उनले ४ चौका प्रहार गरेका छन् । उनलाई क्रिजमा बेन कुपरले १ चौकासहित ६ बलमा ७ रन जोडेर साथ दिएका छन् ।

ओपनर ओ’डाउड र स्कट एडवार्ड्सले दोस्रो विकेटका लागि बलियो साझेदारी गर्दै राम्रो अवस्थामा पुर्याएका हुन् । तेस्रो ओभरमा नै टोबियास भिसलाई पवनदीप सिंहले १ रनमा बोल्ड गरेका थिए । त्यसपछि ओ’डाउड र एडवार्ड्सले ३८ बलमा ४९ रनको साझेदारी गरे ।

एडवार्ड्स २३ बलमा ३१ रन जोड्दै अनवर रहमानको एलबीडब्लू धरापमा परे । उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

नेदरल्यान्ड्सको टोली : पिटार सीलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओडिवड, बास डी लीडे, स्कर्ट एडवार्डस, आर्यन दत्त, फिलिपे बोइससेवेन, भिभिन किंगमा, टोनी स्टल, सेबस्टियान ब्राट

मलेसियाको टोली : अहमद फेज, विरनदिप सिंह, अमिनुदीन राम्ली, अनवर अरुदीन, अनवर रहमान, खिजार हायत, मुहमद वाफिक, शर्विन मुनींदी, पवनदीप सिंह, शफिक सरिफ, सायद अजिज

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.