default_image

3 years ago

April 20, 2021

चेन्नईको जितमा अलीको घातक बलिङ

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १२ औं खेलमा राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको छ । यो जितसँगै चेन्नई अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राती जितको लागि १ सय ८९ रनको चुनौतीपूर्ण विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा १ सय ४३ रन मात्र बनाउन सक्यो […]

65 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १२ औं खेलमा राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको छ । यो जितसँगै चेन्नई अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राती जितको लागि १ सय ८९ रनको चुनौतीपूर्ण विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।

राजस्थानका ओपनर जस बटलरले ३५ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । मनान बोहरा १४, कप्तान सञ्जु स्यामसन १, शिवम दुबे १७, डेविड मिलर २, राहुल टेवाटिया २० र जयदेव उनादकटले २४ रनको योगदान दिए । चेन्नईका स्पिनर मोइन अलीले ३ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । साम करण र रविन्द्र जडेजाले २-२ विकेट लिए । ड्वेन ब्राभो र शार्दूल ठाकुरको नाममा १-१ विकेट रह्यो ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । चेन्नईका ड्वने ब्राभो ८ बलमा २ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । दक्षिण अफ्रिका ओपनर फाफ डु प्लेसिसले १७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३३ रनको योगदान दिए । डु प्लेसिसलाई क्रिस मोरिसले रियान परागबाट क्याच आउट गराएका थिए ।

मोईन अलीले २० बलमा २ छक्का र १ चौका सहित २६ रनमा आउट भए । ओपनर ऋतुराज गायकड १०, सरेश रैना १८, अम्बाती रायुडू २७ रनमा आउट भए । रायुडूले १७ बलमा ३ छक्का प्रहार गरे । कप्तान महेन्द्रसिंह धोनी १७ बलमा २ चौका सहित १८ रनमा आउट भए । रविन्द्र जडेजा ८ र साम करन १३ रनमा आउट भए ।

राजस्थानका युवा तीव्र गतिका बलर चेतन सकरियाले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । क्रिस मोरिसले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । मुस्ताफिजुर रहमान र राहुल टेवाटियाले १–१ विकेट लिए ।

यो जितसँगै चेन्नई ३ खेलमा २ मा जित र १ मा हार सहित चार अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । रोयल च्यालेन्जर्स बेंगलोर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । दिल्ली र मुम्बईको समान ३ खेलमा २-२ मा जित र १-१ मा हारका साथ समान ४ अंक भएपनि नेट रनरेटले दिल्ली तेस्रो र मुम्बई चौथो स्थानमा छन् ।

April 26, 2024

लुम्बिनी र कर्णाली फाइनलमा , बागमती बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ। जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्। कम स्कोर‌को […]

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

Success

Thank you for your time.