default_image

3 years ago

April 20, 2021

कुशल र आसिफको दुर्लभ विश्व कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल र आसिफ शेखले विश्व टि२० आई क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान बनाएका छन् । मलेसियाविरुद्ध सोमबार १ सय २ रनको शतकीय साझेदारी गर्दै यो जोडीले नयाँ विश्व कीर्तिमान कायम गरे । नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा पनि शतकीय साझेदारी गरेको यो जोडी विश्व टि२० आई क्रिकेटमा लगातार दुई […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल र आसिफ शेखले विश्व टि२० आई क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान बनाएका छन् ।

मलेसियाविरुद्ध सोमबार १ सय २ रनको शतकीय साझेदारी गर्दै यो जोडीले नयाँ विश्व कीर्तिमान कायम गरे । नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा पनि शतकीय साझेदारी गरेको यो जोडी विश्व टि२० आई क्रिकेटमा लगातार दुई खेलमा दुई शतकीय साझेदारी गर्ने विश्वका पहिलो जोडी बन्न सफल भए ।

कुशल र आसिफको जोडीले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध १२.४ ओभरमा १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । जुन नेपालबाट टि२० आईमा ओपनिङमा बनेको सर्वाधिक ठूलो साझेदारी पर्दछ । त्यस्तै दोस्रो खेलमा मलेसियाविरुद्ध ११.१ ओभरमा १ सय २ रनको उत्कृष्ट साझेदारी गरेका थिए । जुन नेपालबाट मात्र होईन टि२० विश्व क्रिकेटमा लगातार दुई खेलमा दुई शतकीय साझेदारी पहिलो पटक बनेको हो ।

कुशल पहिलो खेलमा ६२ रनमा आउट हुँदा मलेसियासाग ६१ रनमा अविजित रहेका थिए । आसिफ पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५४ रनमा अविजित रहँदा दोस्रो खेलमा ४२ रनमा आउट भएका थिए ।

यसअघि सन् २०१० केन्या ओपनर डेविड ओबुया र स्टिभ टिकलोले स्कटल्यान्ड र युगान्डासँगको खेलमा ओपनिङ गर्दै दुई शतकीय साझेदारी गरेका थिए । स्कटल्यान्डविरुद्ध १ सय १० र १ सय २६ रनको दुई शतकीय साझेदारी गरेका थिए । तर ती खेल लगातार भने थिएन । स्टिभले यी दुई खेलबीच भएको युगान्डाविरुद्धको एक खेलेका थिएनन् । समग्रमा स्टिभ र ओबुयाले गरेको साझेदारीमा भने दुवै खेलमा शतकीय साझेदारी नै थियो ।

समग्रमा विश्व टि२० आई क्रिकेटमा एकै जोडीले दुई पटक शतकीय साझेदारी १५ पटक गरेका छन् । अष्ट्रेलिया आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल र ट्राभिस हेडले ३ इनिङमा २०१६ देखि २०१८ मा गरि दुई शतकीय साझेदारी गरेका थिए । टि२० आईमा सर्वाधिक शतकीय साझेदारी गर्ने कीर्तिमान भारतीय क्रिकेट टोलीका ओपनर शिखर धवन र रोहित शर्मा तथा न्युजिल्यान्डका मार्टिन गुप्टिल र केन विलियम्सनको नाममा छ । यी जोडीले टि२० आईमा ४–४ पटक शतकीय साझेदारी गरेका छन् ।

नेदरल्यान्ड्सविरुद्ध गरेको १ सय १६ रनको साझेदारी कुनै पनि दुई डेब्यू खेलाडीले गरेको पहिलो शतकीय साझेदारी थियो । टि२० आईमा दुई डेब्यू खेलाडीले बनाएको उच्च रन ९० रन थियो । मोजाम्बिकबाट छैटौं विकेटका मलावीविरुद्ध सन् २०१९ मा डामिसो कुवानो र फिलिप कोसाले ९० रनको साझेदारी गरेका थिए । जुन साझेदारी कुशल र आसिफले तोडेका थिए । तेस्रो स्थानमा दक्षिण अफ्रिका ग्रिम स्मिथ र ज्याक्स कालिसले न्युजिल्यान्डविरुद्ध सन् २००५ मा ८४ रनको साझेदारी गरेका थिए ।

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

Success

Thank you for your time.