default_image

3 years ago

April 20, 2021

टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत चौथो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छन् । नेपालले टोलीमा भने कुनै परिवर्तन गरेको छैन । मलेसियाविरुद्धको खेललाईनै निरन्तरता दिएको छ । आज पहिला ब्याटिङ गर्दा नेपाली ब्याट्सम्यानको […]

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत चौथो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छन् ।

नेपालले टोलीमा भने कुनै परिवर्तन गरेको छैन । मलेसियाविरुद्धको खेललाईनै निरन्तरता दिएको छ । आज पहिला ब्याटिङ गर्दा नेपाली ब्याट्सम्यानको मध्यक्रम र तल्लोक्रम परिक्षण समेत हुने छ । नेपालले पहिलो खेलमा नेदल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । त्यस्तै नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो । नेपालले मलेसियालाई ९ विकेटले हराउँदै लगातार दोस्रो जितसहित फाइनल नजिक पुगेको अवस्था छ । आजको खेलमा विजयी नेपाल एक खेल अगावै फाइनल पुग्नेछ ।

मलेसियाविरुद्ध ओपनर कुशल भुर्तेल ४१ बलमा ३ चौका र ५ छक्का सहित ६१ रनमा अविजित रहेका थिए । आसिफ शेख २९ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा क्याच आउट हुन पुगेका थिए । पहिलो विकेटका लागि कुशल र आसिफले ११.१ ओभरमा १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित हात पारेको थियो ।

कुशल नेदरल्यान्ड्सँग ६२ रनमा आउट हुँदा आसिफ ५४ रनमा अविजित रहेका थिए । यी दुई ओपनरले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । दुई युवा ओपनरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ परिक्षण हुन पाएको छैन ।

हेड टु हेड ः

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म ७ टि२० आई खेल भएको छ । जसमा नेपाल ३ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको थियो । एक खेल वर्षाको कारण नतिजा विहिन छ । सन् २०१५ मा नेपालसँगको चार टि२० आई सिरिज नेदरल्यान्ड्सले ३–१ ले जितेको थियो । २०१८ मा लर्डसमा भएको खेलमा वर्षाको कारण नेदरल्यान्ड्ले १६।५ ओभरमा १७४–४ को अवस्थामा वर्षाको कारण रद्ध भएको थियो ।

२०१९ मा ओमानमा भने नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको थियो । उक्त जित दिलाउन अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा करणले दुई छक्का र एक चौका प्रहार गर्दै जित पक्का गरेका थिए । त्रिकोणात्मक सिरिजमा नेपालले सहज जित हात पारेको थियो ।

अंक तालिका :

नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स २ खेलमा १ मा हार र १ मा जित सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । मलेसिया दुबै खेलमा हारका साथ पुछारमा छ ।

नेपालको प्लइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम ।

नेदरल्यान्ड्सको प्लेइङ ११ : पिटर सीलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओडिवड, बास डी लीडे, स्कर्ट एडवार्डस, आर्यन दत्त, पल पान मीकेरन, भिभिन किंगमा, टोनी स्टल र जुलियन डी मे ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.