default_image

3 years ago

April 20, 2021

दीपेन्द्रको आक्रामक अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १६ ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको छ । दीपेन्द्रले २८ बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक प्रहार गरे […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।


टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १६ ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको छ । दीपेन्द्रले २८ बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक प्रहार गरे । १६ औं ओभरको पहिलो बलमा दीपेन्द्रले कप्तान पिटर शिलारलाई छक्का प्रहार गर्दै आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए ।


दीपेन्द्रको यसअघि टि२० आईमा उच्च रन सन् २०१९ मा यूएईविरुद्ध दोस्रो टि२० आईमा ४७ रन थियो । दीपेन्द्र ३० बलमा ३ चौका र ५ छक्का सहित ६० रनमा क्याच आउट भएका छन् । कुशल र विनोद भण्डारी क्रिजमा छन् । ओपनर कुशल भुर्तेल ४६ बलमा ८ चौका र १ छक्का सहित ६२ रनमा क्याच आउट भए । कुशल भुर्तेलले लगातार तीन अर्धशतक प्रहार गरेका हुन् । कुशलले १३ औं ओभरको अन्तिम बलमा स्पिनर आर्यन दत्तलाई छक्का साथ ४१ बलमा अर्धशतक पूरा गरेका थिए ।


सुरुवाती दुई खेलमा शतकीय साझेदारी ओपनिङ गरेको नेपालले तेस्रो खेलको नेदरल्यान्ड्सविरुद्ध २० रन जोड्दा पहिलो विकेट गुमाउन पुगेको । तीव्र गतिका बलर भिभिन किंगमाको बलमा आसिफ मिडअनमा बेन कुपर बाट शून्यमा क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले ४३ रनको साझेदारी गरेका थिए ।

कप्तान तथा स्पिनर पिटर सिलारको बलमा ठूलो सट खेलेका ज्ञानेन्द्र डीप मिडविकेटमा बास डी लिडबाट २० रनमा क्याच आउट हुन पुगेका थिए । ज्ञानेन्द्रले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे । कुशल भुर्तेल १५ औं ओभरको तेस्रो बलमा मिडविकेटमा बास डी लिडबाट क्याच आउट हुन पुगेका थिए ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.