default_image

3 years ago

April 21, 2021

नेपाली महिला टोलीले उत्तराखण्डसँग खेल्ने सिरिज स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला टोलीले यसै महिना भारतको उत्तराखण्ड महिला क्रिकेट टोलीसँग खेल्ने भनिएको टि२० आई र एकदिवसिय मैत्रीपूर्ण सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उत्तराखण्ड क्रिकेट एसोसियसनले भारतमा बढ्दो कोभिड१९ कारण तत्काल खेल्न नसकिने जनाएको छ । गत चैत २९ मा […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला टोलीले यसै महिना भारतको उत्तराखण्ड महिला क्रिकेट टोलीसँग खेल्ने भनिएको टि२० आई र एकदिवसिय मैत्रीपूर्ण सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उत्तराखण्ड क्रिकेट एसोसियसनले भारतमा बढ्दो कोभिड१९ कारण तत्काल खेल्न नसकिने जनाएको छ । गत चैत २९ मा क्यानको बोर्ड बैठकले महिला टोलीले अप्रिल तेस्रो हप्तादेखि उत्तर खण्ड महिला क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको जनाएको थियो । नेपाली महिला क्रिकेट टोली गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

उक्त बोर्ड बैठकले जगत टमटालाई महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । महिला टोलीले गत पुषमा दाङको लमहीमा प्रधानमन्त्री कपमा राष्ट्रिय टि२० महिला क्रिकेट प्रतियोगिता खेलेको थियो । त्यस्तै गत चैतमा काठमाडौंमा ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोेगिता खेलेको थियो ।

April 26, 2024

लुम्बिनी र कर्णाली फाइनलमा , बागमती बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ। जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्। कम स्कोर‌को […]

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

Success

Thank you for your time.