default_image

5 years ago

April 21, 2021

नेदरल्यान्ड्स र मलेसियाबीचको खेल रोकियो

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पाँचौं खेलमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल वर्षाको कारण रोकिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटि थालेको नेदरल्यान्ड्सले १०.२ ओभरमा ३ विकेट गुमाउँदा ६८ रन बनाउँदा खेल रोकिएको छ । टियु मैदानमा सामान्य वर्षा भई राखेको छ । पिच ढाकिएको छ । सामान्य वर्षा हुँदा खेल चाँडै सुरु हुने अनुमान गरिएको छ ।

नेदरल्यान्ड्सका बेन कुपर २५ बलमा ४ चौका र १ छक्का ३३ रनमा खेलेका छन् । उनलाई कप्तान पिटर शिलार २९ रनमा खेलि रहेका छन् । पहिलो ओभरको चौथो बलमै स्पिनर पवनदीपसिंहले ओपनर टोबियस भिसेलाई शून्यमा सायद अजिजबाट क्याच आउट गराएका थिए । मोहम्मद वाफिकले चौथो ओभरको पहिलो बलमा विक्रमजित सिंहलाई एक रनमा एलबिडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए ।

एक बल पछि नेपाललाई हराउन उत्कृष्ट प्रदर्शन गरेका बास डी लिड शून्यमा स्लिपमा विरानदीप सिंहबाट क्याच आउट भएपछि नेदरल्यान्ड्स २२–३ को कमजोर अवस्थामा पुगेको थियो । त्यसपछि कुपर र शिलार टोलीलाई सम्हाल्न खोजि रहेका छन् ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.