5 years ago
April 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को विश्व टि२० वरियतामा पहिलो पटक परेका छन् ।

आइसिसीले मंगलबार जारी गरेको नयाँ वरियतामा ब्याटिङतर्फ कुशल ९३ औं स्थानमा छन् । कुशलको ३ सय ५९ रेटिङ अंक छ ।त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत वैशाख ४ मा कुशलले नेदरल्यान्ड्ससँग डेब्यू गर्दै ६२ रनको इनिङ खेलेका थिए । टि२० आई त्रिकोणात्मक सिरिजमा डेब्यू गर्दै लगातार तीन अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएपछि कुशल आइसिसीको ब्याटिङको ९३ औं स्थानमा अटाएका छन् ।
कुशल मलेसियासँग ६१ रन बनाउँदा नेदरल्यान्ड्सँग दोस्रो खेलमा ६२ रन बनाएका थिए । कुशल टि२० आई करिअरको सुरुवाती तीन टि२० आई खेलमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । यसअघि इंग्ल्यान्डका ब्याट्सम्यान डेविड मलानले टि२० आई करिअरमा सुरुवाती दुई खेलमा लगातार दुई अर्धशतक प्रहार गरेका थिए ।

यता पारस खड्का भने वरियतामा खस्किएका छन् । पारस एकै पटक १० स्थान खस्किदै ८३ औं स्थानमा पुगेका छन् । पारसले चोटका कारण यस त्रिकोणात्मक सिरिज भने खेलेका छैनन् । लेगस्पिनर सन्दीप लामिछानेले ७ स्थान सुधार गर्दै ७७ औं स्थानमा छन् । विश्व टि२० वरियतामा ब्याटिङमा डेविड मलान, बलिङमा दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी र अलराउन्डरमा अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा छन्
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]