default_image

3 years ago

April 21, 2021

मलेसियालाई नेदरल्यान्ड्सको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पाँचौं खेलमा नेदरल्यान्ड्सले मलेसियालाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय २० रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनायो । १०.२ ओभरमा ३ विकेट गुमाउँदा ६८ रन बनाउँदा खेल […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पाँचौं खेलमा नेदरल्यान्ड्सले मलेसियालाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय २० रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनायो ।

१०.२ ओभरमा ३ विकेट गुमाउँदा ६८ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको थियो । त्यसपछि डेढ घण्टा खेल रोकिँदा ओभर घटाउँदै १३ मा झारिएको थियो । वर्षापछि १६ बल खेलेको नेदरल्यान्ड्सले १ विकेट गुमाउँदै ३९ रन बनाएको थियो । नेदरल्यान्ड्सका बेन कुपर ३२ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५४ रनमा अविजित रहे । कप्तान पिटर शिलार ३१ बलमा ५ चौका सहित ३७ रनमा बोल्ड आउट भए । एन्टोनियस स्टाल ५ बलमा १ छक्का सहित १० रनमा अविजित रहे ।

पहिलो ओभरको चौथो बलमै स्पिनर पवनदीपसिंहले ओपनर टोबियस भिसेलाई शून्यमा सायद अजिजबाट क्याच आउट गराएका थिए । मोहम्मद वाफिकले चौथो ओभरको पहिलो बलमा विक्रमजित सिंहलाई एक रनमा एलबिडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । एक बल पछि नेपाललाई हराउन उत्कृष्ट प्रदर्शन गरेका बास डी लिड शून्यमा स्लिपमा विरानदीप सिंहबाट क्याच आउट भएपछि नेदरल्यान्ड्स २२–३ को कमजोर अवस्थामा पुगेको थियो ।

त्यसपछि कुपर र शिलारले ६६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । मोहम्मद वाफिकले सर्वाधिक २ विकेट लिए । विरानदीप र पवनदीसिंह दाजुदाईले १-१ विकेट लिए ।

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

April 19, 2024

नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका […]

Success

Thank you for your time.