5 years ago
April 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसिया र नेदरल्यान्ड्सको खेल बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितको लागि १० ओभरमा ९२ रन बनाउनु पर्ने थियो ।

तर मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएपछि खेल बराबरी भएको थियो । कट अफ टाइमको कारण (समय सकिँदा) सुपर ओभर नभएपछि दुबै टोलीले अंक बाँढेपछि नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगेका हुन् । अन्तिम १ बलमा दुई रन चाहिँएको अवस्थामा मलेसियाले १ रन मात्र बटुलेपछि बराबरी भएको थियो । जितको लागि मलेसियालाई अन्तिम ६ बलमा ७ रन चाहिँएको अवस्थामा भिभियन किंगमाले ६ रन दिदै नेदरल्यान्ड्सको फाइनल यात्रा पक्का गराए । अन्तिम २ बलमा दुई रन चाहिएको अवस्थामा अमिनुद्दीन राम्ली एलबिडब्लू आउट हुन पुगेका थिए ।
जितको लागि १३ ओभरमा १ सय २० रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ६ ओभरमा मलेसियाले ५६-० को अवस्थामा वर्षा भएपछि खेल १० ओभरमा झारिएको थियो । मलेसिया ओपनर सैद अजिज २६ बलमा २ चौका र २ छक्का सहित ३० रनमा आउट भए । अनवार अरुद्दीन १७ बलमा २ चौका र १ छक्का सहित २६ रनमा क्याच आउट भए । विरनदीप सिंह १४ रन बनाए । नेदरल्यान्ड्सका सेबस्टियान ब्राटले २ विकेट लिए । बास डी लिड र भिभियन किंगमाले १-१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनायो । १०.२ ओभरमा ३ विकेट गुमाउँदा ६८ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको थियो । त्यसपछि डेढ घण्टा खेल रोकिँदा ओभर घटाउँदै १३ मा झारिएको थियो । वर्षापछि १६ बल खेलेको नेदरल्यान्ड्सले १ विकेट गुमाउँदै ३९ रन बनाएको थियो । नेदरल्यान्ड्सका बेन कुपर ३२ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५४ रनमा अविजित रहे । कप्तान पिटर शिलार ३१ बलमा ५ चौका सहित ३७ रनमा बोल्ड आउट भए । एन्टोनियस स्टाल ५ बलमा १ छक्का सहित १० रनमा अविजित रहे ।
पहिलो ओभरको चौथो बलमै स्पिनर पवनदीपसिंहले ओपनर टोबियस भिसेलाई शून्यमा सायद अजिजबाट क्याच आउट गराएका थिए । मोहम्मद वाफिकले चौथो ओभरको पहिलो बलमा विक्रमजित सिंहलाई एक रनमा एलबिडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । एक बल पछि नेपाललाई हराउन उत्कृष्ट प्रदर्शन गरेका बास डी लिड शून्यमा स्लिपमा विरानदीप सिंहबाट क्याच आउट भएपछि नेदरल्यान्ड्स २२–३ को कमजोर अवस्थामा पुगेको थियो ।

त्यसपछि कुपर र शिलारले ६६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । मोहम्मद वाफिकले सर्वाधिक २ विकेट लिए । विरानदीप र पवनदीसिंह दाजुदाईले १-१ विकेट लिए । नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी सहित ५ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया ३ खेलमा १ अंक छ । लिग चरणको अन्तिम खेलमा बिहिबार नेपाल र मलेसिया खेल्ने छन् । फाइनल वैशाख ११ मा हुने छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]