5 years ago
April 21, 2021
एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि २ सय २१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाता १९.१ ओभरमा २ सय २ रनमा अल आउट भयो ।

विशाल लक्ष्य पछ्याउनेक्रममा एक समय ५.२ ओभरमा ३१–५ को दयनिय अवस्थामा पुगेको कोलकतालाई आन्द्रे रसेल र प्याट कमिन्सले विष्फोटक ब्याटिङका साथ उत्कृष्ट प्रदर्शन गरेपछि खेल रोमान्चक बनेको थियो । तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गरेका प्याट कमिन्स ३४ बलमा ४ चौका र ६ छक्का सहित ६६ रनमा अविजित रहे । अन्तिम ओभरमा कोलकातालाई जितको लागि २० रन चाहिँएको थियो । तर पहिलो बलमै दुइ रन बटुल्नेक्रममा नन स्ट्राइकमा प्रसिद्ध कृष्णा रन आउट हुन पुगेपछि कोलकाता पराजित हुन पुगेको थियो ।
आन्द्रे रसेलले २२ बलमा ६ छक्का र ३ चौका सहित ५३ रनको योगदान दिए । त्यस्तै विकेटकिपर दीनेश कार्तिकले २४ बलमा ४ चौका र २ छक्का सहित ४० रन बनाए । रसेलले २१ र कमिन्सले २३ बलमा अर्धशतक पूरा गरेका थिए । निकै खराब सुरुवात गरेको कोलकतालाई आन्द्रे रसेल र दिनेश कार्तिकले छैटौं विकेटका लागि ३९ बलमा ८१ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङलाई सम्हालेका थिए । साम करनले १२ औं ओभरको दोस्रो बलमा रसेललाई बोल्ड आउट गर्दै खेलमा फर्काउन खोजेपनि कमिन्सले उत्कृष्ट प्रदर्शनका साथ कोलकातालाई जितको आशा जगाई रहेका थिए ।

त्यसअघि तीव्र गतिका बलर दीपक चाहरले शीर्षक्रमका चार ब्याट्सम्यानलाई आउट गरेपछि कोलकता संकटमा परेको थियो । दीपकले नितेश राना ९, सुभमन गिल शून्य, कप्तान ओईन मोर्गन ७ र सुनिल नारायणलाई ४ रनमा क्याच आउट गराएका थिए । नारायणलाई रविन्द्र जडेजा र अन्य तीन ब्याट्सम्यानलाई कप्तान महेन्द्रसिंह धोनीबाट क्याच आउट गराएका थिए । लुन्गी एन्गिडी राहुल त्रिपाठीलाई ८ रनमा धोनीबाट क्याच गराएपछि पहिलो पावरप्लेमै कोलकाता ३१–५ को दयनिय अवस्थामा पुगेको थियो ।
१५ ओभरमा १४६–७ को कमजोर अवस्थामा पुगेको कोलकतालाई प्याट कमिन्सले आक्रामक अर्धशतकका साथ खेललाई रोमान्चक बनाएका थिए । जसक्रममा कमिन्सले साम करनलाई १६ औं ओभरमा ४ छक्का र १ चौका सहित एकै ओभरमा कुल ३० रन जोडेपछि कोलकातालाई जितको आशा दिलाएका थिए । चेन्नईका दीपक चहरले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । लुन्गी एन्गिडीले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । साम करनको नाममा १ विकेट रह्यो ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो । चेन्नईका ओपनर फाफ डु प्लेसिसले ६० बलमा ९ चौका र ४ छक्का सहित ९५ रनको उत्कृष्ट इनिङ खेले । युवा ओपनर ऋतुराज गायकवाड ४२ बलमा ६ चौका र ४ छक्का सहित ६२ रन बनाए ।
पहिलो विकेटका लागि ऋतुराज र फाफ डु प्लेसिसले १२.२ ओभरमा १ सय १५ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपछि चेन्नईले विशाल योगफल तयार पारेको थियो । मोईन अली १२ बलमा समान २ चौका र छक्का सहित २५ रनमा क्याच आउट भए । कप्तान महेन्द्रसिंह धोनी १७ रनमा आउट हुँदा जडेजा एक छक्का सहित ६ रनमा अविजित रहे । कोलकाता आन्द्रे रसेल, बरुण चक्रबर्ती र सुनिल नारायणले १–१ विकेट लिए ।

बुधबारनै भएको पहिलो खेलमा सनराइजर्स हैदाराबादले पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै आइपिएलमा पहिलो जित निकालेको छ । जितका लागि १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले ओपनर जोनी बेयरस्टोको अविजित ६३ रनको सहयोगमा १८.४ ओभरमा पूरा गरेको थियो ।
चेन्नई ४ खेलमा ३ मा जित र १ मा हार सहित शीर्ष स्थानमा छ । बेंगलोर ३ खेलमा ३ मानै जितका साथ समान ६ अंक भएपनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ । दिल्ली ४ खेलमा ३ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । मुम्बई ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ चौथो स्थानमा छ ।
कोलकाताले शनिवार वानखडेमै राजस्थानसँग खेल्ने छ । चेन्नईले पनि वानखडेमा आइतबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । विहिबार वानखडेमानै बेंगलोर र राजस्थानबीच प्रतिस्पर्धा हुने छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]