default_image

5 years ago

April 22, 2021

नेपाल र मलेसिया खेल्दै, सन्दीपको एक सयौं खेल

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फाइनल पुगिसकेको नेपाल र मलेसियाको राष्ट्रिय क्रिकेट टोलीबीच त्रिकोणात्मक टि २० आई सिरिजको राउन्ड रोविन लिगको अन्तिम खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । सिरिजको अर्को टोली नेदरल्यान्ड्स फाइनल पुगिसकेको छ । नेपाल र नेदरल्यान्ड्सबीच शनिबार फाइनल हुनेछ ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । आजको खेल जितेमा नेपाल शीर्षस्थानमा पुग्ने छ । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी सहित ५ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया ३ खेलमा १ अंक छ ।
नेपालले यहि सिरिजको पहिलो खेलमा मलेसियालाई ९ विकेटले हराएको थियो ।

नेपालको ओपनिङले उच्च प्रदर्शन गरेका हरेक खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै आएको छ । मलेसियाविरुद्ध पहिलो खेलमा १ सय १० रनको लक्ष्य नेपालले १२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर कुशल भुर्तेल ४१ बलमा ३ चौका र ५ छक्का सहित ६१ रनमा अविजित रहका थिए । आसिफ शेखले २९ बलमा ४ चौका र १ छक्का सहित ४२ रन बनाएका थिए । पहिलो विकेटका लागि कुशल र आसिफले ११.१ ओभरमा १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित दर्ता गरेको थियो । त्यो खेलमा दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहेका थिए ।

यद्दपी नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा भने २ सय ६ रन बनाउँदा पनि नेपालले हार टार्न सकेन । मलेसियाले अघिल्ला ३ खेलमध्ये २ खेलमा हार र बुधबार नेदरल्यान्ड्ससँगको खेलमा बराबरी गर्दै १ अंक जोडेको थियो । फाइनल समिकरण पूरा भइसकेकोले आजको खेल प्रतिष्ठाका लागि हुनेछ ।

यसैबीच, नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले त्रिकोणात्मक टि२० आई सिरिजमा ऐतिहासिक आफ्नो सयौं खेल खेल्दैछन् । बिहिबार सन्दीप मलेसियाविरुद्ध मैदान उत्रँदा टि२० क्रिकेटमा एक सय खेल खेल्ने पहिलो नेपाली खेलाडी बन्ने छन् । हालसम्म सन्दीपले ९९ टि२० खेल खेलेका छन् । सन्दीपले सन् २०१८ मा इन्डियन प्रिमियर लिग (आइपिएल) बाट टि२० क्रिकेट खेल्न सुरु गरेका थिए ।

दिल्ली क्यापिटल्सबाट रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध मे १२ मा डेब्यू गर्दै पहिलो टि२० खेलेका सन्दीपले त्यसयता लगातार क्रिकेट खेल्दै आएका छन् । सन्दीपले टि२० आईमा विश्व ११ बाट वेस्टइन्डिजविरुद्ध २०१८ मे ३१ मा टि२० आईमा डेब्यू गरेका थिए । सन्दीप आफ्नो देशबाट नभएर संयुक्त टोलीबाट टि२०आई डेब्यू गर्ने पहिलो खेलाडी समेत हुन् । सन्दीपले नेपालबाट हालसम्म २४ र टेष्ट देशको फ्रेन्चाइज लिगमा कुल ७५ खेल खेलेका छन् ।

सन्दीपपछि नेपालबाट सर्वाधिक पूर्व कप्तान पारस खड्काले ५६ टि२० खेल खेलेका छन् । नेपालको लागि २० खेल जुन सर्वाधिक हो । त्यस्तै ज्ञानेन्द्र मल्ल ५३, विनोद भण्डारी ४६, वसन्त रेग्मी र शरद भेषावकरले ४०–४० खेल खेलेका छन् । सन्दीप नेपालबाट टि२० मा सर्वाधिक विकेट लिने बलरको सुचिमा दोस्रो स्थानमा छन् । उनले नेपालका लागि टि२० मा ४२ विकेट लिएका छन् ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.