default_image

5 years ago

April 22, 2021

टि ट्वान्टीमा कमल सिंहको ‘डेब्यू’

152 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – नेपाली तीब्र गतिका बलर कमल सिंह ऐरीले त्रिदेशिय टि–ट्वान्टी अन्तराष्ट्रिय सिरिज मार्फत मलेसियाविरुद्ध टि ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा कमल डेब्यू गर्ने चौथो खेलाडी हुन् । नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा कुशल भुर्तेल, आसिफ सेख, सहाब आलमले डेब्यू गरेका थिए ।

कमलले राष्ट्रिय टोलीबाट एक दिवसिय क्रिकेटमा डेब्यू गरिसकेका छन् । कमलले २०७६ को माघ २६ गते घरेलु मैदानमै भएको आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्ध डेब्यू गरेका थिए ।

सन् २०१६ मा श्रीलंकामा भएको यू–१९ एसिया कपबाट यात्रा अघि बढाएका कमलले सेप्टेम्बरमा श्रीलंकामा नै भएको यू–१९ एसिया कप बाट उमेर समुहको यात्रा सकाएका थिए। उमेर समूह र घरेलु क्रिकेट खेल्दै आएका कमलले तल्लोक्रममा ब्याटिङ सम्हाल्ने क्षमता समेत राख्छन् । श्रीलंकासँग यू १९ टोलीसँग डेब्यू गर्दै ३ विकेट लिनुको साथै ९ रन बनाएका थिए ।

कमलले एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्स, धनगढी प्रिमियर लिगमा च्याम्पियन सिवाईसी अत्तरिया र पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजबाट खेलेका थिए। फ्रेन्चाइज बाहेकका अन्य घरेलु प्रतियोगितामा भने कमलले सशस्त्र प्रहरी बल एपिएफको जर्सीमा देखिन्छन् । कमल गत माघमा सम्पन्न चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी बनेका थिए ।

नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । साहब आलम र अभिनाष बोहराको ठाँउमा कमलसिंह ऐरी र सुसन भारीले मौका पाएका छन् । नेपाल यसअघि नै फाइनल पुगिसकेको छ भने मेलेसिया सिरिजबाट बाहिरिसकेको छ । नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । आजको खेल जितेमा नेपाल शीर्षस्थानमा पुग्ने छ । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी सहित ५ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया ३ खेलमा १ अंक छ । नेपालले यहि सिरिजको पहिलो खेलमा मलेसियालाई ९ विकेटले हराएको थियो ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.