default_image

5 years ago

April 22, 2021

कुशल, ज्ञानेन्द्र र आसिफ आउट

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपालले १२ ओभरको समाप्तीमा ३ विकेटको क्षतीमा १ सय १२ रन बनाएको छ ।

अघिल्ला ३ खेलमा अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल र अर्का ओपनर आसिफ शेख १२ औं ओभरमा आउट भएका थिए । ज्ञानेन्द्र ४१ र आसिफ ४२ रनमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरी ५ र विनोद भण्डारी १ रनमा खेलिरहेका छन् । टस जितेको मलेसियाले नेपाललाई ब्याटिङको निम्ता दिएको छ ।

नेपाल यसअघि नै फाइनल पुगिसकेको छ भने मेलेसिया सिरिजबाट बाहिरिसकेको छ । नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । आजको खेल जितेमा नेपाल शीर्षस्थानमा पुग्ने छ । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी सहित ५ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया ३ खेलमा १ अंक छ । नेपालले यहि सिरिजको पहिलो खेलमा मलेसियालाई ९ विकेटले हराएको थियो ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.