default_image

5 years ago

April 22, 2021

मलेसियालाई २ सय १८ रनको लक्ष्य, करनको आक्रामक ब्याटिङ

167 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– करन केसीले आक्रामक ब्याटिङको मद्दतमा नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको छ ।

नेपालले टि ट्वान्टीमा बनाएको यो दोस्रो सर्वाधिक रन हो । १३ औं सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो ।सातौं नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्को मद्दतमा ४५ रन बनाएपछि नेपालले दोस्रो खेलमा २ सय रनको आकडा पार गरेको थियो । डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।

तर १२ औं ओभरमा दुवै खेलाडी आउट भएका थिए । अनवर रहमानेले पहिलो बलमा ज्ञानेन्द्रलाई मोहम्मद वाफिकबाट क्याच आउट गराए भने पाँचौं बलमा आसिफलाई एलबिडब्यू आउट गराए । २५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए । ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्तिनै चौकामा ४२ रन जोडे । कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाएका थिए । उनी वाफिकको बलमा सैयद अजिजबाट क्याच भएका थिए । दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाएका थिए । विनोद भण्डारी भने ८ रन मा आउट भए । कुशलले १९ रन जोडे ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.