5 years ago
April 22, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले त्रिकोणात्मक टि ट्वान्टी आईमा अन्तिम खेलमा मलेसियालाई .६९ रनले पराजित गरेको छ ।
बलिङ र ब्याटिङ दुवैतर्फ सामूहिक प्रदर्शन गरेको नेपालले सहज जित हासिल गरेको छ ।
जितको लागि २ सय १८ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १ सय ४८ रनमा अल आउट भयो । मलेसिया अमिनुद्दीन राम्लीले १८ बलमा ५ छक्का र १ चौका सहित सर्वाधिक ४१ रनको योगदान दिए । कप्तान अहमद फाइजले ३१, विरनदीपसिंहले १३, फ्टिी सामले १४ र मोहम्मद वाफिकले १२ रन बनाए ।
डेब्यू खेल खेलेका कमलसिंह ऐरीले ३.१ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए । सुसन भारीको नाममा १ विकेट रह्यो ।
त्यसअघि करन केसीले सानदार ब्याटिङ गरेपछि नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । नेपालले टि ट्वान्टीमा बनाएको यो दोस्रो सर्वाधिक रन हो । १३ औं सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । सातौं नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्को मद्दतमा ४५ रन बनाएपछि नेपालले दोस्रो खेलमा २ सय रनको आकडा पार गरेको थियो । डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।

तर १२ औं ओभरमा दुवै खेलाडी आउट भएका थिए । अनवर रहमानेले पहिलो बलमा ज्ञानेन्द्रलाई मोहम्मद वाफिकबाट क्याच आउट गराए भने पाँचौं बलमा आसिफलाई एलबिडब्यू आउट गराए । २५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए । ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्तिनै चौकामा ४२ रन जोडे । कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाएका थिए । उनी वाफिकको बलमा सैयद अजिजबाट क्याच भएका थिए । दीपेन्द्रसिंह ऐरी १७ बलमा ५ चौका र १ छक्का सहित ३३, विनोद भण्डारी ८ र कुशल मल्ल १९ रनमा आउट भए । मलेसिया फ्रिटी साम, अनवार रहमान र सैद अजिजले २–२ विकेट लिए ।

नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ लिगमा शीर्ष स्थानमा रह्यो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९-९ विकेटले हराएको थियो । नेदरल्यान्ड्सँग दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अंकका साथ दोस्रो स्थानमा रह्यो । मलेसिया ४ खेलमा ३ मा हार र १ मा बराबरीका साथ १ अंक जोड्दै पुछारमा रह्यो । फाइनलमा नेदरल्यान्ड्स र नेपाल यसअघिनै पुगि सकेका थिए । फाइनल शनिवारबा हुने छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]