5 years ago
April 22, 2021
काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टियु क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि२० आई सिरिजमा विहिबार मलेसियासँग खेल्दै ऐतिहासिक एक सयौं खेल खेलेका छन् ।

नेपालले मलेसियालाई ६९ रनले पराजित गर्दा सन्दीपले ३ विकेट लिदै आफ्नो टि२० खेल खेले । सन्दीप नेपालबाट टि२० सयौं खेल खेल्ने पहिलो खेलाडी हुन् । सन्दीपले सन् २०१८ मा इन्डियन प्रिमियर लिग (आइपिएल) बाट टि२० क्रिकेट खेल्न सुरु गरेका थिए । दिल्ली क्यापिटल्सबाट रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध मे १२ मा डेब्यू गर्दै पहिलो टि२० खेलेका सन्दीपले त्यसयता लगातार क्रिकेट खेल्दै आएका छन् । सन्दीपले टि२० आईमा विश्व ११ बाट वेस्टइन्डिजविरुद्ध २०१८ मे ३१ मा टि२० आईमा डेब्यू गरेका थिए ।
सन्दीप आफ्नो देशबाट नभएर संयुक्त टोलीबाट टि२०आई डेब्यू गर्ने पहिलो खेलाडी समेत हुन् । सन्दीपले नेपालबाट हालसम्म २४, विश्व ११ बाट एक र टेष्ट देशको फ्रेन्चाइज लिगमा कुल ७५ गरि कुल सयौं खेल पूरा गरेका हुन् । सन्दीपपछि नेपालबाट सर्वाधिक पूर्व कप्तान पारस खड्काले ५६ टि२० खेल खेलेका छन् । नेपालको लागि २० खेल जुन सर्वाधिक हो । त्यस्तै ज्ञानेन्द्र मल्ल ५४, विनोद भण्डारी ४७, वसन्त रेग्मी र शरद भेषावकरले ४०–४० खेल खेलेका छन् ।

यी हुन् सन्दीपले खेलेका एक सयौं खेल र लिएका १ सय ३६ विकेट
इन्डियन प्रिमियर लिग २०१८ : ३ खेल – ५ विकेट
क्यारेबिन प्रिमियर लिग २०१८ : ५ खेल – ७ विकेट
अफगानिस्तान प्रिमियर लिग २०१८ : १ खेल – २ विकेट
बिग ब्यास लिग २०१८/१९ : ८ खेल – ११ विकेट

बंगलादेश प्रिमियर लिग २०१८-१९ : ६ खेल – ४ विकेट
पाकिस्तान सुपर लिग २०१९ : ७ खेल – ११ विकेट
आईपीएल २०१९ : ६ खेल – ८ विकेट
क्वारेबिन प्रिमियर लिग २०१९ : ६ खेल – ८ विकेट
बिग ब्यास लिग २०१९/२० : १३ – १५ विकेट
बिग ब्यास २०२०र२१ : ८ खेल – ८ विकेट
सिपिएल २०२० : ११ खेल – १२ विकेट
नेपाली राष्ट्रिय टोलीबाट टि ट्वान्टी आई : २४ खेल, विश्व ११ बाट १ गरि कुल खेल २५ : ४५ विकेट ( विश्व ११ वा विकेट विहिन)
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]