5 years ago
April 22, 2021
एजेन्सी – युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलको सानदार शतकको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरलले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको छ ।

योसँगै बेंगलोर लगातार चौथो जितका साथ अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १६.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । बेंगलोरको जितमा ओपनर देवदत्त पाडिक्कल ५२ बलमा ११ चौका र ६ छक्का सहित १ सय १ रनमा अविजित रहे । पाडिक्कले ५१ बलमा आफ्नो आइपिएल करिअरको पहिलो शतक पूरा गरेका थिए । मुस्ताफिजुर रहमानलाई १७ औं ओभरको पहिलो बलमा चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । कप्तान विराट कोहली ४७ बलमा ६ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७७ रन बनायो ।राजस्थानका युवा अलराउन्डर शिवम दुबेले ३२ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४६ रनको योगदान दिए । तल्लोक्रममा राहुल टेवाटियाले २३ बलमा ४ चौका र २ छक्का सहित ४० रन जोड्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए । ओपनर जस बटलर ८ र मनान बोहरा ७ रनमा आउट हुँदा राजस्थानले खराब सुरुवात गरेको थियो ।

बटलरलाई बोल्ड आउट गरेका मोहम्मद शिराजले डेविड मिलरलाई शून्यमा एलबिडब्लू आउट गरे । कप्तान सञ्जु स्यामसन १८ बलमा २ चौका र १ छक्का सहित २१ रनमा आउट भए । युवा ब्याट्सम्यान रियान पराग १६ बलमा ४ चौका सहित २५ रनमा आउट भए । क्रिस मोरिस १० रनमा आउट हुँदा श्रेयस गोपाल ७ रनमा अविजित रहे ।

बेंगलोरका तीव्र गतिका बलर मोहम्मद शिराजले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । हर्षल पटेलले ४ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । काइल जामिसन, केन रिचर्ड्सन र वासिन्टन सुन्दरको नाममा १–१ विकेट रह्यो ।
आइपिएलमा बेंगलोरले १० विकेटको जित चौथो पटक निकालेको हो । यसअघिका तीन १० विकेटको जित लक्ष्य एक सय भन्दा कम थियो । बेंगलोरले १० विकेटको जित निकालेको यो हालसम्मकै ठूलो लक्ष्य हो ।
यो जितसँगै बेंगलोर ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई ४ खेलमा ३ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक भएपनि नेटरनरेटका आधारमा तेस्रो स्थानमा छ । मुम्बई ४ खेलमा समान २ मा जित र २ मा हार सहित ४ अंक जोड्दै चौथो स्थानमा छ ।
सनराइजर्स हैदराबाद पाँचौं, कोलकाता नाइट राइडर्स छैटौं, पन्जाब किंग्स सातौं र राजस्थान पुछारमा छन् । यी चारै टोलीको समान २ अंक छ ।
बेंगलोरले अव आइतबार वानखडेमानै चेन्नईसँग खेल्ने छ । राजस्थानले शनिवार कोलकातासँग वानखडेमानै प्रतिस्पर्धा गर्ने कार्यक्रम छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]