default_image

5 years ago

April 23, 2021

‘ब्याटिङ सुधारको श्रेय ह्वाटमोरलाई जान्छ’ – आसिफ

331 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर आशिफ शेखले टोलीले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा ठूलो इनिङको आशा रहेको बताएका छन् ।

आसिफले वैशाख ४ मा त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्सँग टि२० आईमा डेब्यू गर्दै अर्धशतक प्रहार गरेका थिए । नेपाललाई ९ विकेटको सानदार जित दिलाउन आसिफले ३८ बलमा ४ चौका र ४ छक्का सहित अविजित ५४ रनको इनिङ खेलेका थिए । पहिलो खेलमै कुशल भुर्तेलसँग नेपाली टि२० आईकै ओपनिङ सर्वाधिक १ सय १६ रनको साझेदारी गरेका थिए ।

दोस्रो खेलमा मलेसियासँग पनि आसिफले कुशलसँग १ सय २ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । जसक्रममा ४२ रनमा आउट भएका थिए । नेदरल्यान्ड्ससँग शून्यमा आउट हुँदा लिगको अन्तिम खेलमा आसिफ ४२ रन बनाउँदै आउट भएका थिए ।

आसिफले घरेलुमा पनि उत्कृष्ट सुरुवात दिलाएपनि ठूलो इनिङमा भने चुक्दै आएका छन् । त्रिकोणात्मक सिरिजमा पनि आसिफको प्रदर्शन घरेलु क्रिकेटमा जस्तै छ । ‘म पनि सुरुवात पाई सकेपछि सकेसम्म लामो इनिङमा बदलौं र २० ओभरनै खेलौं प्रयास गरि रहेको छु । दुर्भाग्य हुन सकेको छैन । भोली फाइनल छ । फाइनलमा ठूलो इनिङको आशा छ’, आसिफले हाम्रो खेलकुदसँग कुरा गर्दै भने ।

‘हामीले पछिल्लो एक हप्तामा उत्कृष्ट क्रिकेट खेलेका छौं । नेदरल्यान्ड्स पनि राम्रो टोली हो । फाइनल प्रतिस्पर्धात्क हुने छ । हामी उपाधि जित्नेमा आत्माविश्वासी छौं । सबै खेल हामीले राम्रो रन बनाएका छौं । कुनैपनि कमजोर खेलेका छैनौं । एक दुई वटा गल्तीले गर्दा नेदरल्यान्ड्ससँग हारेका थियौं’, उनले भने ।

‘हरेक खेल मेरो लागि महत्वपूर्ण छ । त्यो जुनसुकै होस् । त्यो घरेलु होस् वा अन्तर्राष्ट्रिय । मैरो ध्यान सबैमा रन बनाउने र निरन्तरता दिने हो, उनले आफ्नो प्रदर्शन बारे भने । हामीले सुरुवात दिएर मात्र हुँदैन अन्त्य पनि गर्न सक्नुपर्छ’, उनले भने ।

नेपालले चारै खेलमा ब्याटिङमा उच्च प्रदर्शन गरेको छ । पछिल्ला दुबै खेलमा २ सय माथि रन बनाएको छ । ब्याटिङ सुधार हुनुमा यसको श्रेय प्रशिक्षक देभ ह्वाटमोरलाई जाने आसिफ बताउँछन् ।

‘यसको श्रेय ह्वाटमोरलाई जान्छ । उहाँले विचारनै परिवर्तन गर्नु भएको छ । मानसिक परिवर्तन भएको छ । हामीले राम्रो क्रिकेट पनि खेलेका छौं । विकेट पनि राम्रो हो । मिहिनेत देखिएको हो । लकडाउन होस् प्रधानमन्त्री कपमा गरेको तयारी र मिहिनेत अहिले देखि रहेको छ । ब्याटिङमा अझै सुधार गर्न सक्छौं’, उनले भने ।

नेपाल र नेदरल्यान्ड्सबीच फाइनल शनिवार हुने छ । नेपाल शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै फाइनमा प्रतिस्पर्धा गर्न लागेका हुन् । लिग चरणमा पहिलो खेलमा नेपाल ९ विकेटले विजयी हुँदा दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.