5 years ago
April 23, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा साविक विजेता मुम्बई इन्डियन्समाथि पन्जाब किंग्सले ९ विकेटको सहज जित निकालेको छ । जितको लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।

पन्जाबका ओपनर तथा कप्तान लोकेश राहुल ५२ बलमा ३ चौका र ३ छक्का सहित ६० रनमा अविजित रहे । क्रिस गेल ३५ बलमा ५ चौका र २ छक्का सहित ४३ रनमा अविजित रहे । ओपनर मयंक अग्रवाल २० बलमा ४ चौका र १ छक्का सहित २५ रनमा आउट भए । कप्तान लोकेश राहुल (केएल) र क्रिस गेलले दोस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गरेका थिए । मुम्बईका राहुल चहरले १ विकेट लिए ।
त्यसअघि चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । मुम्बईका कप्तान रोहित शर्माले ५२ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए । सूर्यकुमार यादवले २७ बलमा ३ चौका र १ छक्का सहित ३३ रन बनाए ।

दीपक हुडाले दोस्रो ओभरको अन्तिम बलमा क्विन्टन डी ककलाई ३ रनमा क्याच आउट गराएका थिए । सातौं ओभरको अन्तिम बलमा रवि विश्रोईले ईशान किशनलाई ६ रनमा लोकेश राहुलबाट क्याच आउट गराएका थिए । किशनले १७ बलमा ६ रन मात्र जोडे । सात ओभरमा मुम्बईले मात्र २६ रन जोडेको थियो ।
तेस्रो विकेटका लागि सूर्य र रोहितले ५६ बलमा ७९ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । सूर्यलाई रवि विश्रोईले क्रिस गेलबाट क्याच आउट गराएका थिए । काईरन पोलार्डले १६, हार्दिक पान्ड्या १ र क्रुनाल पान्ड्याले ३ रन बनाए ।
पन्जाबका लागि युवा स्पिनरले रवि विश्रोईले जारी आइपिएलको पहिलो खेल खेल्दै ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । दीपक हुडा र अर्शदीप सिंहको नाममा १–१ विकेट रह्यो ।

अंक तालिका
बेंगलोर ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ। चेन्नई ४ खेलमा ३ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक भएपनि नेटरनरेटका आधारमा तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ मा हार र २ मा जित सहित ४ अंक जोड्दै चौथो स्थानमा छ ।
पन्जाब ५ खेलमा ३ मा हार र २ मा जित सहित पाँचौं स्थानमा उक्लिएको छ । सनराइजर्स हैदराबाद छैटौं, कोलकाता नाइट राइडर्स सातौं र राजस्थान रोयल्स पुछारमा छन् । यी तीन टोलीको समान २ अंक छ । पन्जाबले अब सोमबार नरेन्द्रमोदी स्टेडियम अहमदाबादमा कोेलकतासँग खेल्ने छ । मुम्बईले राजस्थानसँग अप्रिल २९ मा दिल्लीसँग खेल्ने छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]