default_image

5 years ago

April 24, 2021

त्रिकोणात्मक टि२० फाइनल : नेपाल र नेदरल्यान्ड्स भिड्दै

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १:१५ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको पिटर शिलारले गर्ने छन् ।

नेपालले पछिल्लो समय टियु मैदानमा सन् २०१० मा अमेरिकालाई हराउँदै आइसिसी डिभिजन ५ को उपाधि जितेको थियो । नेपाल ११ वर्षपछि घरेलु मैदानमा उपाधि जित्ने सोचमा हुने छ । नेपालले पछिल्लो पटक सिरिज सन् २०१९ को जुलाईमा मलेसियासँग दुई टि२० खेलमा क्लिनस्विप गरेको थियो ।

सन् २०१९ को सुरुवातमै यूएईसँग तीन ओडिआई तथा टि२० आई सिरिज समान २–१ ले जितेको थियो । नेपालले हालसम्म त्रिकोणात्मक सिरिज भने जितेको छैन । पहिलो त्रिकोणात्मक सिरिज जित्ने सोचमा छ ।

नेपालले यस सिरिजमा ब्याटिङमा सानदर प्रदर्शन गरेको छ । पहिलो खेलमै दुई ओभर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट शतकीय साझेदारी गर्दै १ सय ३७ रनको लक्ष्य ३० बल अगाडिनै १ विकेटको क्षतिमा पूरा गरेको थियो । उक्त खेलमा आसिफ ५४ रनमा अविजित रहँदा कुशलले ६२ रन जोडेका थिए । पहिलो विकेटका लागि १ सय १६ रनको साझेदारी गरेका थिए । दोस्रो खेलमा मलेसियाले प्रस्तुत गरेको १ सय १० रनको विजयी लक्ष्य ४७ बल अगाडिनै १ विकेटको क्षतिमा पूरा गरेको थियो ।

अन्तिम खेलमा मलेसियाविरुद्ध २ सय १७ रन बनाएको थियो । उत्कृष्ट ब्याटिङले नेपालको मनोबल उच्च छ । ओपनर आसिफ शेख र कुशल भुर्तेलले डेब्यू सिरिजमा उच्च प्रदर्शन गरि रहेका छन् । कुशलले लगातार तीन खेलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका थिए । सुरुवाती तीनै टि२० आई खेलमा अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी हुन् । उनीबाट नेपाल उच्च प्रदर्शन चाहन्छ ।

अर्का ओपनर आसिफले पनि उत्कृष्ट सुरुवात दिलाउँदै आएका छन् । नेपाल यी दुई युवा खेलाडीबाट सुरुवातसँगै ठूलो इनिङका साथ अन्त्य हुन आवश्यक देखिन्छ । मध्यक्रममा ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीलाई ठूलो इनिङ खेल्नुपर्ने हुन्छ ।

कुशल मल्ल, विनोद भण्डारी, सोमपाल कामी र करण केसीबाट उत्कृष्ट अन्त्य चाहन्छ । यी चारै ब्याट्सम्यान ठूला सटको क्षमता राख्छन् । करणले मलेसियासँग १३ बलमा ७ छक्का सहित ४५ रन जोडेका थिए । फाइनलमा अभिनाश बोहरा फर्किने छन् । मलेसियाविरुद्ध डेब्यू गर्दै ३ विकेट लिएका कमलसिंह ऐरी बेन्चमा बस्ने छन् ।

करण र सोमपाल पहिलो रोजाईका तीव्र गतिका बलर हुन् । स्पिनरमा सन्दीप लामिछानेको स्थान पक्का छ । साहब आलम र सुशन भारी मध्य एकले मौका पाउने छन् । मलेसियाविरुद्ध ३ ओभरमा ३६ रन खर्चेका सुशनको भन्दा साहबको सम्भावना बढी छ ।

नेदरल्यान्ड्सका ओपनर टोबियस भिसे र म्याक्स ओडाउडले गर्ने छन् । भिसेले यस सिरिजमा संघर्ष गरेका छन् । म्याक्स ओडाउडाले मलेसियाविरुद्ध १ सय ३३ रनको शतकीय इनिङ खेलेका थिए । नेपालविरुद्ध भने दुबै खेलमा सस्तैमा आउट भएका थिए । नेदरल्यान्ड्सका बेन कुपर र बास डी लिड राम्रो लयमा छन् । नेपाललाई हराउन लिडले ८१ रनको विजयी इनिङ खेलेका थिए । बेन कुपरले ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

कुपरले मलेसियासँग पछिल्लो खेलमा पनि अर्धशतक प्रहार गरेका थिए । कप्तान पिटर शिलारले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै आएका छन् । यी तीन खेलाडीको लयलाई रोक्न नेपाललाई मुख्य चुनौती हुने छ । नेदरल्यान्ड्सको मुख्य कमजोर बलिङ हो । पाउल भान मिकेरेन र भिभियन किङ्गमा प्रमुख तीव्र गतिका बलर हुन् । शिलार स्पिन र लिड मध्य गतिका अलराउन्डर हुन् । कमजोर बलिङको फाइदा उठाउन आवश्यक देखिन्छ ।

पछिल्लो समय टियुको पिच ब्याटिङ सहयोगी देखिएको छ । जसले ब्याटिङमा दुबै टोलीलाई उच्च प्रदर्शन गर्न आवश्यक देखिन्छ । नेपाल र नेदरल्यान्ड्सबीच ८ टि २० आई खेल भएको छ । नेदरल्यान्ड्स ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । एक खेल वर्षाको कारण रद्ध भएको छ ।डबल राउन्ड रोविनको आधारमा भएको त्रिकोणात्मक सिरिजमा नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा थियो ।

नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो । मलेसिया ४ खेलमा पुछारमा रहँदै बाहिरिएको थियो । नेपालले नेदरल्यान्ड्सलाई पहिलो खेलमा ९ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । तीन विकेटले पराजित हुनेक्रममा २ सय ६ रन बनाएपनि नेदरल्यान्ड्सले तीन बल अगाडि ७ विकेटको क्षतिमा पूरा गर्दै सानदार जित निकालेको थियो ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.