5 years ago
April 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज घरेलु टोली नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान पिटर शिलारले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आज चार तीव्र गतिका बलर खेलाएको छ । स्पिनर सुशन भारीको स्थानमा अभिनाश बोहरालाई खेलाएको छ । मलेसियाविरुद्ध डेब्यू गर्दै ३ विकेट लिएका कमलसिंह ऐरीलाई निरन्तरता दिएको छ । अभिनाश, कमल, सोमपाल कामी र करण केसी गरि चार तीव्र गतिका बलर खेलाएको छ । स्पिनर एक मात्र खेल खेलाएको छ ।
नेपाल ११ वर्षपछि घरेलु मैदानमा उपाधि जित्ने सोचमा छ । नेपालले पछिल्लो समय टियु मैदानमा सन् २०१० मा अमेरिकालाई हराउँदै आइसिसी डिभिजन ५ को उपाधि जितेको थियो । नेपालले पछिल्लो पटक सिरिज सन् २०१९ को जुलाईमा मलेसियासँग दुई टि२० खेलमा क्लिनस्विप गरेको थियो । सन् २०१९ को सुरुवातमै यूएईसँग तीन ओडिआई तथा टि२० आई सिरिज समान २–१ ले जितेको थियो । नेपालले हालसम्म त्रिकोणात्मक सिरिज भने जितेको छैन । पहिलो त्रिकोणात्मक सिरिज जित्ने सोचमा छ ।

नेपाल र नेदरल्यान्ड्सबीच ८ टि २० आई खेल भएको छ । नेदरल्यान्ड्स ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । एक खेल वर्षाको कारण रद्ध भएको छ ।डबल राउन्ड रोविनको आधारमा भएको त्रिकोणात्मक सिरिजमा नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा थियो । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो । मलेसिया ४ खेलमा पुछारमा रहँदै बाहिरिएको थियो । नेपालले नेदरल्यान्ड्सलाई पहिलो खेलमा ९ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । तीन विकेटले पराजित हुनेक्रममा २ सय ६ रन बनाएपनि नेदरल्यान्ड्सले तीन बल अगाडि ७ विकेटको क्षतिमा पूरा गर्दै सानदार जित निकालेको थियो ।
नेपालको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने र कमलसिंह ऐरी ।
नेदरल्यान्ड्सको प्लेइङ ११ : पिटार सीलार (कप्तान), बेन कुपर, टोबियस भिसे, म्याक्स ओडिवड, बास डी लिड, स्कर्ट एडवार्डस, फिलिपे बोइससेवेन, पल भान मीकेरन, भिभिन किंगमा, सेबस्टियान ब्राट र एन्टोनियस स्टाल ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]