default_image

5 years ago

April 24, 2021

नेपाललाई दोस्रो झड्का

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालको दोस्रो विकेट गुमेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै ९१ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ३३ बलमा ५ चौका ३५ रनमा क्रिजमा छन् । कुशललाई युवा अलराउन्डर कुशल मल्लले साथ दिएका छन् । कुशल भुर्तेलले क्याच ड्रपको कारण ब्यक्तिगत १२ रनमा जीवनदान पाएका थिए ।


पहिलो विकेटका लागि आसिफ र कुशलले २.२ ओभरमा ३० रनको साझेदारी गरेका थिए । स्पिनर फिलिपे बोइससेवेनको बलमा ठूलो सट खेलेका आसिफ लङअफमा पाउल भान मिकेरेनले उत्कृष्ट क्याच लिएपछि नेपालले पहिलो विकेट गुमाएको थियो । आसिफले ८ बलमा २ छक्का र १ चौका सहित १६ रन बनाए ।

दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले ५७ रनको अर्धशतकीय साझेदारी गर्दै इनिङ सम्हालेका थिए । ज्ञानेन्द्र बोइससेवेनको १० औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा कभरमा पिटर शिलारबाट क्याच आउट हुन पुगे । ज्ञानेन्द्र ठूलो सट खेल्न खोजेपनि लिडिङ एजको कारण सफल हुन सकेनन् । ज्ञानेन्द्र १९ बलमा ३ चौका र २ छक्का सहित ३३ रनमा आउट भए ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.