5 years ago
April 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि जितेको छ । शनिवार फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको विशाल अन्तरले पराजित गर्दै सानदार जितको साथ च्याम्पियन बनेको छ ।

नेपालले घरेलु मैदान टियुमा ११ वर्षपछि उपाधि जितेको हो । जितको लागि २ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका सेबास्टियन ब्राट २६, ओपनर म्याक्स ओडाउडले सर्वाधिक २० र कप्तान पिटर शिलार १३ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले २ र अभिनाश बोहराले १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । नेपालले यो टि२० आई इतिहासमै बनाएको सर्वाधिक ठूलो योगफल हो । नेपालले लगातार तेस्रो पटक २ सय भन्दामाथिको योगफल बनाएको हो । नेपालले नेदरल्यान्ड्सँग दोस्रो खेलमा २ सय ६ र मलेसियाविरुद्ध २ सय १७ रन बनाएको थियो । समग्रमा चौथो पटक नेपालले २ सयमाथि योगफल बनाएको हो । पहिलो पटक सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो ।

जुन नेपालको टि२० क्रिकेटमा सर्वाधिक योगफल हुँदै आएको थियो । कुशल मल्ल २४ बलमा २ चौका र ५ छक्का सहित ५० रनमा अविजित रहे । कुशलले २४ बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । उप कप्तान दीपेन्द्रसिंह ऐरी १८ बलमा ५ चौका र ३ छक्का सहित ४८ रनमा अविजित रहे ।
नेपालका ओपनर कुशल भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७७ रनको योगदान दिए । जारी सिरिजमा कुशलको यो चौथो अर्धशतक हो । कुशल भुर्तेल नेपालबाट एकै सिरिजमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । कुशलले १३ औैं ओभरको चौथो बलमा छक्का साथ ४३ बलमा अर्धशतक पूरा गरेका थिए । कुशल भुर्तेलले क्याच ड्रपको कारण ब्यक्तिगत १२ रनमा जीवनदान पाएका थिए ।

पहिलो विकेटका लागि आसिफ र कुशलले २.२ ओभरमा ३० रनको साझेदारी गरेका थिए । स्पिनर फिलिपे बोइससेवेनको बलमा ठूलो सट खेलेका आसिफ लङअफमा पाउल भान मिकेरेनले उत्कृष्ट क्याच लिएपछि नेपालले पहिलो विकेट गुमाएको थियो । आसिफले ८ बलमा २ छक्का र १ चौका सहित १६ रन बनाए ।
दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले ५७ रनको अर्धशतकीय साझेदारी गर्दै इनिङ सम्हालेका थिए । ज्ञानेन्द्र बोइससेवेनको १० औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा कभरमा पिटर शिलारबाट क्याच आउट हुन पुगे । ज्ञानेन्द्र ठूलो सट खेल्न खोजेपनि लिडिङ एजको कारण सफल हुन सकेनन् । ज्ञानेन्द्र १९ बलमा ३ चौका र २ छक्का सहित ३३ रनमा आउट भए ।

तेस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले ७६ रनको साझेदारी गरेका थिए । कुशल र दीपेन्द्रले ७५ रनको अविजित साझेदारी गरेका थिए । नेदरल्यान्ड्सका फिलिपे बोइससेवेनले २ विकेट लिए ।
नेपालले टि२० आई इतिहासकै सर्वाधिक ठूलो अन्तरको जितको हो । यसअघि रनको आधारमा नेपालले २०१९ मा भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले सन् २०१८ अक्टोबरमा मलेसियामा भएको आइसिसी वल्र्ड टि२० एसिया क्वालिफायर बी को उपाधि जितेको थियो । नेपालले सन् २०१९ जुलाईमा मलेसियासँग दुई टि२० सिरिजमा क्लिनस्विप गरेको थियो । २०१९ को सुरुवातमै यूएईसँगको तीन टि२० आई सिरिज २–१ ले जितेको हो । नेपालले त्रिकोणात्मक सिरिज भने पहिलो पटक जितेको हो ।
नेपालले ११ वर्षपछि घरेलु मैदान टियुमा उपाधि जितेको हो । पछिल्लो समय टियु मैदानमा सन् २०१० मा अमेरिकालाई हराउँदै आइसिसी डिभिजन ५ को उपाधि जितेको थियो ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]