default_image

5 years ago

April 24, 2021

नेपालसँग नेदरल्यान्ड्सको खराब सुरुवात

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपालले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले खराब सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ६ ओभरमा ३७ रन बनाउँदै ४ विकेट गुमाएको छ ।

ओपनर म्याक्स ओडाउड १९ बलमा २ चौका र १ छक्का सहित २० रनमा आउट भएका छन् । कप्तान पिटर शिलार र स्कर्ट एडवार्ड्स क्रिजमा छन् । दोस्रो ओभरको पाँचौं बलमा स्लिपमा रहेका आसिफ शेखले डाइरेक्ट स्टम्प ताक्दै ओपनर टोबियस भिसेलाई २ रनमा पेभिलिएन पर्काएका थिए । चौथो ओभरको अन्तिम बलमा बेन कुपर ७ रनमा क्याच आउट भए । बास डी लिडे १ रनमा आउट भए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । नेपालले यो टि२० आई इतिहासमै बनाएको सर्वाधिक ठूलो योगफल हो । नेपालले लगातार तेस्रो पटक २ सय भन्दामाथिको योगफल बनाएको हो । नेपालले नेदरल्यान्ड्सँग दोस्रो खेलमा २ सय ६ र मलेसियाविरुद्ध २ सय १७ रन बनाएको थियो । समग्रमा चौथो पटक नेपालले २ सयमाथि योगफल बनाएको हो । पहिलो पटक सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । जुन नेपालको टि२० क्रिकेटमा सर्वाधिक योगफल हुँदै आएको थियो ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.