5 years ago
April 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टि२० आई सिरिजमा नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेल सर्वोउत्कृष्ट (प्लेयर अफ द सिरिज ) चुनिएका छन् । नेपाललाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका कुशलले त्रिकोणात्मक टि२० आई सिरिजको कुल ५ खेलमा ४ अर्धशतक सहित २ सय ७८ रन बनाएका थिए ।

कुशलले बजाजको दुई सय सिसिको बाइक पाएका छन् । कुशलले खेलेका ५ मध्य ४ खेलमा अर्धशतक प्रहार गरेका थिए । कुशलले पहिलो खेलमा नेदरल्यान्ड्ससँग डेब्यू गर्दै ६२ रन बनाएका थिए । दोस्रो खेलमा मलेसियासँग ६१ रनमा अविजित हुँदा नेदरल्यान्ड्ससँग ६२ रनमा आउट भएका थिए । मलेसियासँग १६ रनमा आउट हुँदा फाइनलमा ७७ रन बनाएका थिए । १४०.४० स्ट्राइकरेट रेटमा ब्याटिङ गर्दै कुल २४ चौका र १६ छक्का प्रहार गरेका थिए । कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने टि२० आईमा पहिलो खेलाडी समेत हुन् ।

नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि जितेको छ । शनिवार फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको विशाल अन्तरले पराजित गर्दै सानदार जितको साथ च्याम्पियन बनेको थियो । जितको लागि २ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रनमा अल आउट भयो ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]