5 years ago
April 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले युवा खेलाडीले नेपाललाई आगमी दिनमा धेरै अगाडि बढाउन सक्ने बताएका छन् ।

शनिबार टियु क्रिकेट मैदानमा त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको थियो । उपाधि जितेपछि बोल्दै कप्तान ज्ञानेन्द्र मल्लले युवा खेलाडीको प्रदर्शन तारिफ गर्दै नेपाली क्रिकेटको राम्रो संकेत भएको बताएका छन् ।
‘उपाधि जित्न भन्दा पनि हामीले राम्रो क्रिकेट खेल्यौं । हामीले पहिला भन्दा सकरात्मक क्रिकेट खेल्यौं । युवा खेलाडीले राम्रो प्रदर्शन गरे । त्यो विकेटले गर्दा पनि होला । टोलीमा धेरै जसो युवा खेलाडी थिए । आगामी दिनमा यो नेपाली क्रिकेटलाई एउटा राम्रो सन्देश हो’, उपाधि जितेपछि ज्ञानेन्द्रले भने ।
त्यसैमा उनले थपे,’ राम्रोसँग सदुपयोग गर्ने हो भने युवा खेलाडीले नेपाललाई यो भन्दा अझ माथि पुर्याउन सक्छन् ।’

नेपाली क्रिकेट टोलीको नेतृत्व सम्हालेपछि ज्ञानेन्द्रले पहिलो ट्रफी जितेका छन् । यो उपाधि तपाईंको लागि कतिको महत्वपूर्ण छ भन्ने प्रश्नमा ज्ञानेन्द्रले भने, ‘कप्तान भएपछि ट्रफी जित्नु राम्रो हो । जसरी टोलीले र खेलाडीले प्रदर्शन गर्छन् कप्तानको लागि त्यो भन्दा ठूलो कुरा हुन सक्दैन ।’
‘कोरोना महामारी हाम्रो हातमा छैन । राम्रो प्रतिस्पर्धा भएको खेल भई राख्ने हो भने राम्रो हुन्छ । धेरै भन्दा धेरै खेल खेल्न पाए धेरै राम्रो हुन्छ । ब्याटिङले जुन लय समायको छ त्यसलाई निरन्तर खेल चाहिन्छ । निरन्तर खेल हुँदा खेलाडीको मनोबल पनि उच्च हुन्छ’, उनले भने ।
चोटका कारण यस त्रिकोणात्मक सिरिज नेपाली क्रिकेट टोलीका अनुभवी खेलाडी पारस खड्काले खेलेनन् । ‘पारस मिस गर्यौं । सिनियर खेलाडी । ब्याटिङमात्र नभएर मैदान भित्र र बाहिर जसरी प्रभाव हुन्छ । त्यो मिस त भईनै हाल्छ । तर पनि यो युवा खेलाडीलाई एउटा अवसर पनि हो । सबैले राम्रोसँग सदुपयोग गरे जस्तो लाग्छ । युवा खेलाडीले प्रदर्शन एकदमै राम्रो संकेत हो र आगमी दिनमा नेपाली क्रिकेटलाई धेरै अघि लगेर जान सक्छन्,’ ज्ञानेन्द्रले भने ।

जितको लागि २ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रनमा अल आउट भएको थियो । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । जुन नेपालले यो टि२० आई इतिहासमै बनाएको सर्वाधिक ठूलो योगफल थियो । नेपाललाई विशाल योगफलमा पुर्याउन कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]