default_image

5 years ago

April 25, 2021

‘मलाई विश्वास गरेकोमा प्रशिक्षक र टोलीलाई धन्यवाद’ – कुशल भुर्तेल

343 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि२० आई सिरिजमा आफूलाई विश्वास गर्दै मौका दिएकोका प्रशिक्षक र टोलीलाई धन्यवाद दिएका छन् ।

फाइनलमा नेदरल्यान्ड्सलाई विशाल रन अन्तरले हराउँदै उपाधि जितेपछि कुशल भुर्तेलले पत्रकारसँग बोल्दै धन्यवाद दिएका हुन् । डेब्यू टि२० सिरिज खेलेका कुशल उत्कृष्ट प्रदर्शनका साथ विश्व कीर्तिमान बनाउँदै सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) चुनिए ।

‘पक्कै पनि मेरो प्रदर्शन राम्रो भयो । धेरै पछि घरेलु मैदानमा उपाधि जित्यौं । विश्वकप छनोट आउँदैछ । हाम्रो राम्रो सुरुवात भएको छ’, उनले भने । नेपालले सन् २०१० मा आइसिसी डिभिजन ५ को उपाधि अमेरिकालाई हराउँदै टियु मैदानमा जितेको थियो । त्यसपछि नेपालले घरेलु मैदानमा उपाधि जित्न सकेको थिएन । अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि नेपालले २०२२ मा ग्लोबल छनोट खेल्ने छ ।

‘नेपालको लागि पहिला पनि खेलिसकेको थिए । डेब्यू भनेर त्यस्तो केहि छैन । मैले राम्रो क्रिकेट खेल खेल्नुपर्ने थियो । मलाई विश्वास गरेकोमा प्रशिक्षक र टोलीलाई धन्यावाद । अवसरमा प्रदर्शन पनि गरेर देखाए । खुसी लागि राखेको छ । मैले राम्रो सुरुवात दिन सके भने अन्त्य राम्रो गर्ने खेलाडी छन् भन्ने थाहा थियो । नभन्दै कुशल र दीपेन्द्रले राम्रो अन्त्य गरे’, उनले भने ।

नेपालले शनिवार फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको विशाल अन्तरले पराजित गर्दै सानदार जितको साथ च्याम्पियन बनेको थियो । कुशलले ७७ रनको अर्धशतकीय इनिङ खेलेका थिए । नेपाललाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका कुशलले त्रिकोणात्मक टि२० आई सिरिजको कुल ५ खेलमा ४ अर्धशतक सहित २ सय ७८ रन बनाएका थिए ।

सर्वोत्कृष्ट खेलाडी चुनिएका कुशलले बजाजको दुई सय सिसिको बाइक पाएका छन् । कुशलले खेलेका ५ मध्य ४ खेलमा अर्धशतक प्रहार गरेका थिए । कुशलले पहिलो खेलमा नेदरल्यान्ड्ससँग डेब्यू गर्दै ६२ रन बनाएका थिए । दोस्रो खेलमा मलेसियासँग ६१ रनमा अविजित हुँदा नेदरल्यान्ड्ससँग ६२ रनमा आउट भएका थिए ।

मलेसियासँग १६ रनमा आउट हुँदा फाइनलमा ७७ रन बनाएका थिए । १४०.४० स्ट्राइकरेट रेटमा ब्याटिङ गर्दै कुल २४ चौका र १६ छक्का प्रहार गरेका थिए । कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने टि२० आईका पहिलो खेलाडी हुन् ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.