default_image

5 years ago

April 27, 2021

त्रिकोणात्मक सिरिजमा नेपालले बनाएका २० कीर्तिमान

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक टि२० आई सिरिज टियु मैदानमा शनिवार सम्पन्न भएको छ । डबल राउन्ड रोविन लिग हुँदै फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै घरेलु मैदानमा ११ वर्षपछि उपाधि जितेको थियो । ब्याटिङ नेपालको इतिहास देखिनै कमजोर मानिन्छ । तर त्रिकोणात्मक सिरिजमा नेपालले सबैभन्दा उत्कृष्ट प्रदर्शन ब्याटिङमै गर्यो ।

पहिला ब्याटिङ गरेको तीनै खेलमा २ सय माथिको योगफल बनाउँदा लक्ष्य पछ्याउँदा सुरुवाती दुई खेलमा ९–९ विकेटको सानदार जित निकालेको थियो । यसले नेपाली क्रिकेट टोलीको ब्याटिङमा स्तरमा सुधारको संकेत दिएको छ । सानदार ब्याटिङ गर्दा नेपालले थुप्रै कीर्तिमान बनायो ।

बलिङमा भन्दा नेपाललका कीर्तिमान ब्याटिङमा बढी रहे । २० मध्य १८ कीर्तिमान ब्याटिङका छन् । ४ विश्व कीर्तिमान बन्दा राष्ट्रिय कीर्तिमान थुप्रै रहे । त्यसमध्यका त्रिकोणात्मक सिरिजमा नेपालले बनाएका २० कीर्तिमान यस प्रकार छन् ।

१.कुशलको लगातार तीन अर्धशतक

युवा ओपनर कुशल भुर्तेलले डेब्यू गर्दै यस सिरिजमा सर्वोत्कृष्ट प्रदर्शन गरे । नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका कुशलले पहिलो खेलमै ६२ रन बनाएका थिए । दोस्रो खेलमा मलेसियासँग ६१ र तेस्रो खेलमा नेदरल्यान्ड्ससँग ६२ रन बनाएपछि कुशल टि२० आईमा सुरुवाती तीनै खेलमा अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी बने ।

यसअघि टि२० आई करिअरको सुरुवाती दुई खेलमा इंग्ल्यान्ड तथा वर्तमान समयका टि२० वरियताका शीर्षस्थानका ब्याट्सम्यान डेविड मलानले अर्धशतक प्रहार गरेका थिए ।

२. कुशल मल्लको कम उमेरमा अर्धशतक

युवा ब्याट्सम्यान कुशल मल्लले फाइनलमा नेदरल्यान्ड्सविरुद्ध २४ बलमा ५० रन बनाएका थिए । उक्त अर्धशतक कुशलले १७ वर्ष ५० दिनको उमेरमा पूरा गरेका थिए । जुन टि२० आईमा सबैभन्दा कम उमेरमा बनेको अर्धशतक हो । यसअघि उक्त विश्व कीर्तिमान युगान्डाका ब्याट्सम्यान फ्रान्क अक्कांवासाले कतारविरुद्ध १७ वर्ष ५२ दिनमा ६६ रनको इनिङ खेलेका थिए ।

३. आसिफ र कुशलको ऐतिहासिक साझेदारी

कुशल भुर्तेल र आसिफले पहिलो खेलमै नेदरल्यान्ड्सविरुद्ध १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । उक्त खेल दुबै खेलाडीको टि२० आईमा डेब्यू थियो । विश्व टि२० इतिहासमै पहिलो पटक डेब्यू खेलाडीले शतकीय साझेदारी गरेका हुन् । यसअघि डेब्यू खेलाडीको २०१९ मा मोजाम्बिकबाट छैटौं विकेटका मलावीविरुद्ध डामिसो कुवानो र फिलिप कोसाले ९० रनको साझेदारी गरेका थिए ।

४.लगातार शतकीय साझेदारी

कुशल भुर्तेल र आसिफले लगातार दुई खेलमा शतकीय साझेदारी गरे । पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट साझेदारी गरेका आसिफ र कुशलले उक्त लयलाई निरन्तरता दिँदै मलेसियाविरुद्ध १ सय २ रनको साझेदारी गरे । त्योसँगै विश्व टि२० आई क्रिकेटमा लगातार दुई खेलमा दुई शतकीय साझेदारी गर्ने विश्वका पहिलो जोडी बन्न सफल भए ।

यसअघि सन् २०१० केन्या ओपनर डेविड ओबुया र स्टिभ टिकलोले स्कटल्यान्ड र युगान्डासँगको खेलमा ओपनिङ गर्दै दुई शतकीय साझेदारी गरेका थिए । स्कटल्यान्डविरुद्ध १ सय १० र १ सय २६ रनको दुई शतकीय साझेदारी गरेका थिए । तर ती खेल लगातार भने थिएन । स्टिभले यी दुई खेलबीच भएको युगान्डाविरुद्धको एक खेलेका थिएनन् । समग्रमा स्टिभ र ओबुयाले गरेको साझेदारीमा भने दुवै खेलमा शतकीय साझेदारी नै थियो ।

५.सर्वाधिक ठूलो योगफल

फाइनलमा नेपालले २ सय ३८ रन बनायो । जुन नेपालले टि२० इतिहासकै बनाएको सर्वाधिक योगफल हो । यसअघि टि२० मा सिंगापुरविरुद्ध २ सय १० र टि२० आईमा भुटानविरुद्ध २ सय ३६ रन थियो ।

६. सर्वाधिक रन अन्तरको जित

नेपालले फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराएको थियो । जुन रन अन्तरले सर्वाधिक ठूलो जितमा पर्दछ । त्यसअघि भुटानविरुद्ध १ सय ४१ रनको जित थियो ।

७. अर्धशतक विनानै २ सय रन

नेपालले मलेसियासँग लिगको अन्तिम खेलमा २ सय १७ रन बनाएको थियो । तर कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् । उक्त खेलमा नेपालबाट सर्वाधिक रन करण केसीले ४५ रन बनाएका थिए । त्यसअघि नेपालले २ पटक दुई सय रन माथिको योगफल बनाएको थियो ।

भुटानविरुद्ध ज्ञानेन्द्र मल्लले शतक र पारस खड्काले अर्धशतक प्रहार गरेका थिए । नेदरल्यान्ड्सविरुद्ध यसै सिरिजमा २ सय ६ रन बनाउनेक्रममा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए । नेपालले अर्धशतक विनानै २ सय रन पहिलो पटक बनाएको थियो ।

८. पहिलो त्रिकोणात्मक उपाधि

नेपालले पहिलो पटक त्रिकोणात्मक उपाधि जितेको हो । टि२० आईमा फाइनल खेल्दै जितेको यो पहिलो उपाधि हो । यस अघि नेपालले टि२० सिरिज उपाधि भने जितेको थियो ।

९. उच्च ओपनिङ साझेदारी

नेदरल्यान्ड्सविरुद्ध आसिफ र कुशलले १ सय १६ रनको साझेदारी गरेका थिए । जुन नेपालका लागि टि२० आईमा बनेको सर्वाधिक ओपनिङ साझेदारी हो । यसअघि भुटानविरुद्ध ओपनिङ गर्दै सागमा पारस र ज्ञानेन्द्रले १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए ।

यसअघि पारस र आरिफ शेखले २०१९ मा सिंगापुरविरुद्ध दोस्रो विकेटका लागि १ सय ४५ रनको शतकीय साझेदारी गरेका थिए ।

१०. लगातार शतकीय साझेदारी

लगातार दुई शतकीय साझेदारी गर्ने आसिफ र कुशल पहिलो नेपालबाट पहिलो जोडी बने । ओपनिङ गर्दै नेदरल्यान्ड्स र मलेसियाविरुद्ध लगातार शतकीय साझेदारी गरेका थिए ।

११. एकै खेलमा सर्वाधिक छक्का

मलेसियाविरुद्ध २ सय १७ रन बनाउनेक्रममा नेपालका ब्याट्सम्यानले कुल १९ छक्का हानेका थिए । जुन एकै खेलमा नेपालले प्रहार गरेको सर्वाधिक छक्का हो । विश्वकै टि२० खेलमा सर्वाधिक छक्का अफगानिस्तान आयरल्यान्डविरुद्ध २२ प्रहार गरेको छ । स्कटल्यान्ड्सले २०, नेदरल्यान्ड्स १९, वेस्टइन्डिज, भारत र अष्ट्रेलियाले २०–२० छक्का प्रहार गरेका छन् ।

१२. एकै सिरिजमा सर्वाधिक विकेट

त्रिकोणात्मक सिरिजमा स्पिनर सन्दीप लामिछानेले कुल १३ विकेट लिए । जुन नेपालबाट एकै सिरिजमा कुनैपनि बलरले लिएको सर्वाधिक विकेट हो । यसअघि करण केसीले २०१९ मा ओमानमा पाँच राष्ट्र सहभागि सिरिजमा ११ विकेट लिएका थिए ।

१३. एकै सिरिजमा सर्वाधिक रन

कुशल भुर्तेल नेपालबाट एकै सिरिजमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । कुशल भुर्तेलले ५ खेलमा ४ मा अर्धशतक सहित कुल २ सय ७८ रन बनाए । आसिफ शेख ५ खेलमा १ सय ५४ रन बनाए । यसअघि नेपालबाट एकै सिरिज वा प्रतियोगितामा सर्वाधिक रन बनाउने कीर्तिमान ज्ञानेन्द्र मल्लको नाममा थियो । मल्लले १३ औं सागमा ३ खेलमा १ सय ४८ रन बनाएका थिए ।

१४. लगातार तीन दोहोरो शतकको योगफल

नेपालले टि२० आई क्रिकेटमा लगातार तीन पटक दोहोरो शतकको योगफल तयार पारेको पहिलो पटक हो ।

१५. सर्वाधिक स्ट्राइकरेट

करणले मलेसियाविरुद्ध १३ बलमा ७ छक्का सहित ४५ रन जोडेका थिए । करणको स्ट्राइकरेट ३ सय ४६.१५ थियो । जुन नेपालबाट एकै खेलमा ब्याट्सम्यानले बनाएको सर्वाधिक स्ट्राइकरेट थियो । यसअघि पवन सरार्फले गत वर्ष थाईल्यान्डविरुद्ध २ सय ७० को स्ट्राइक रेटमा २७ रन जोडेका थिए ।

१६. सर्वाधिक औसत रन

कुशल भुर्तेलको यस सिरिजमा औसत रन ६९.५० रह्यो । जुन नेपाली ब्याट्सम्यानको सर्वाधिक औसत रन हो । आसिफ शेखको ३८.५०, कुशल मल्लको २९.८० र पारस खड्को २७.५५ को औसत रन छ ।

१७ .सर्वाधिक योगफल बचाउन नसक्नु

नेपालको नाममा यस सिरिजमा एउटा नराम्रो कीर्तिमान बन्यो । नेपालले नेदरल्यान्ड्सँग २ सय ६ रन बनाएपनि ३ विकेटले पराजित हुन पुगेको थियो । नेपाल पहिलो पटक २ सय भन्दामाथि रन बनाएर पनि पराजित हुन पुगेको हो ।

१८. सन्दीप एक सय खेल

यसै सिरिजमा सन्दीपले मलेसियाविरुद्ध लिग चरणको अन्तिम खेल खेलेसँगै टि२० क्रिकेटमा एक सय खेल खेले । सन्दीप नेपालबाट टि२० क्रिकेटमा एक सय खेल खेल्ने पहिलो खेलाडी बने ।

१९. एकै सिरिजमा सर्वाधिक अर्धशतक

कुशलले एकै सिरिजमा ४ अर्धशतक प्रहार गरे । जुन नेपालबाट एकै सिरिजमा पहिलो पटक चार अर्धशतक बनेको हो । अर्धशतक बनाउने सर्वाधिक दोस्रो खेलाडी हुन् । सर्वाधिक अर्धशतक पारस खड्काको नाममा छ । पारसले ५ अर्धशतक प्रहार गरेका छन् ।

२०. एकै मैदानमा सर्वाधिक रन

कुशल भुर्तेल टियु मैदानमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । टि२० आईमा कुशल भुर्तेल पछि टियुमा ज्ञानेन्द्र मल्लले ८ खेलको ७ इनिङमा ब्याटिङ गर्दै २ सय ५५ रन बनाएका छन्

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.