5 years ago
April 25, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १९ औं खेलमा रोयल च्यालेनजर्स बेंगलोरविरुद्ध चेन्नई सुपर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ । वानखडे स्टेडियम स्टेडियम मुम्बईमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । चेन्नईले आज टोलीमा दुई परिवर्तन गरेको छ ।

मोईन अली फिट नहुँदा ड्वेन ब्राभोलाई मौका दिएको छ । लुन्गी एनगिडीको स्थानमा इमरान ताहिरले मौका पाएका छन् । बेंगलोरले टोलीमा दुई परिवर्तन गरेको छ । केन रिचर्डसनको स्थानमा ड्यानियल क्रिष्टियन र शहबाज अहमदको स्थानमा नवदीप सैनीलाई मौका दिएको छ ।
चेन्नई ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ४ खेलमा शतप्रतिशत जितका साथ ८ अंक बटुल्दै ८ अंकका साथ शीर्षस्थानमा छ । जारी आइपिएलमा अपराजित हुने बेंगलोर एकमात्र टोली हो । चेन्नई र बेंगलोरबीच आइपिएलमा कुल २६ खेल भएको छ । जसमा चेन्नई १६ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ ।
चेन्नईको प्लेइङ ११ : फाफ डु प्लेसिस, ऋतुराज गायकवाड, सुरेश रैना, अम्बाती रायुडू, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी, साम करन, ड्वेन ब्राभो, शार्दूल ठाकुर, इमरान ताहिर र दीपक चहर ।
बेंगलोरको प्लेइङ ११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, ग्लेन म्याक्सवेल, एवी डिभिलियर्स, वासिन्टन सुन्दर, डानियल क्रिष्टियन, काइल जामिसन, हर्षल पटेल,नवदीप सैनी, युजभेन्द्र चहल र मोहम्मद शिराज ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]