5 years ago
April 25, 2021
एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजमले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको कीर्तिमान तोड्दै टि२० आईमा नयाँ इतिहास रचेका छन् । जिम्बावेसँगको तेस्रो टि२० आई खेलमा अर्धशतक बनाउनेक्रममा बाबरले विराटको कीर्तिमान तोडेका हुन् ।

बाबर टि२० आई क्रिकेटमा सर्वाधिक छिटो दुई हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् । बाबरले ५२ इनिङमा यस सफलता हात पारेका हुन् । यसअघि विराट कोहलीले ५६ इनिङमा २ हजार रन पूरा गर्दै सर्वाधिक छिटोको कीर्तिमान कायम गरेका थिए । अष्ट्रेलिया कप्तान आरोन फिन्चले ६२, न्युजिल्यान्डका पूर्व कप्तान ब्रेन्डम म्याकुलमले ६६ र ओपनर मार्टिन गुप्टिलले ६८ इनिङमा टि२० आईमा २ हजार रन पूरा गरेका थिए ।
हरारेमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । ओपनर मोहम्मद रिजवान ६० बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ८९ रनमा अविजित रहे । बाबर आजम ४६ बलमा ५ चौका सहित ५२ रनमा आउट भए । जिम्बावेका ल्यूक जोंगवे सर्वाधिक ३ विकेट लिए ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]