5 years ago
April 25, 2021
एजेन्सी – अलराउन्डर रविन्द्र जडेजाको विष्फोटक ब्याटिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरालई १ सय ९२ रनको बलियो लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । चेन्नईका अलराउन्डर रविन्द्र जडेजा २८ बलमा ४ चौका र ५ छक्का सहित ६२ रनमा अविजित रहे । रविन्द्र जडेजाले तीव्र गतिका बलर हर्षल पटेललाई अन्तिम ओभरमा ५ छक्का र एक चौका सहित कुल ३७ रनको विष्फोटक इनिङ खेलेपछि चेन्नई बलियो योगफलमा पुगेको हो । लगातार चार छक्काका साथ जडेजाले २५ बलमा अर्धशतक पूरा गरेका थिए ।
चेन्नईका ओपनर फाफ डु प्लेसिसले ४१ बलमा ५ चौका र १ छक्का सहित ५० रनको योगदान दिए । चेन्नईलाई ओपनर फाफ डु प्लेसिस र ऋतुराज गायकवाडले पहिलो विकेटका लागि ९.१ ओभरमा ७४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर युजभेन्द्र चहलले ऋतुराजलाई ३३ रनमा काइल जामिसनबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।

ऋतुराजले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । १४ औं ओभरको चौथो बलमा हर्षल पटेलले सुरेश रैनालाई देवदत्त पाडिक्कलबाट २४ रनमा क्याच आउट गराए । रैनाले १८ बलमा १ चौका र ३ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा फाफ डु प्लेसिस क्याच आउट हुन पुगेका थिए ।
अम्बाती रायूडू ७ बलमा १ चौका र १ छक्का सहित १४ रनमा क्याच आउट भए । बेंगलोरका हर्षल पटेलले ४ ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलको नाममा १ विकेट रह्यो ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]