default_image

5 years ago

April 25, 2021

पाकिस्तानलाई टि२० सिरिज, रिजवान सर्वोत्कृष्ट

160 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर हसन अली र ओपनर ब्याट्सम्यान मोहम्मद रिजवानको उत्कृष्ट प्रदर्शनमा पाकिस्तानले जिम्बावेसँगको तीन टि२० आई सिरिज २–१ ले जितेको छ ।

अन्तिम खेलमा पाकिस्तानले घरेलु टोली जिम्बावेलाई २४ रनले पराजित गर्दै सिरिज जितेको हो । जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । जिम्बावेका युवा ओपनर वेस्ले मधेभरेले ४७ बलमा ७ चौका सहित सर्वाधिक ५९ रनको योगदान दिए । त्यस्तै तडिवनाशे मारुमानीले २६ बलमा ४ चौका सहित ३५ रनमा आउट भए । ब्रेन्डन टेलर २० र तराईसई मुसकंडाले १० रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका तीव्र गतिका बलर हसन अलीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । हरिस रौफ २ र मोहम्मद हसनैनको नाममा १ विकेट रह्यो ।

त्यसअघि हरारेमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । ओपनर मोहम्मद रिजवान ६० बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ८९ रनमा अविजित रहे । बाबर आजम ४६ बलमा ५ चौका सहित ५२ रनमा आउट भए । जिम्बावेका ल्यूक जोंगवे सर्वाधिक ३ विकेट लिए ।

मोहम्मद रिजवान

हसन अली प्लेयर अफ द म्याच र मोहम्मद रिजवान प्लेयर अफ द सिरिज चुनिए । पाकिस्तान पहिलो खेलमा ११ रनले विजयी हुँदा दोस्रो खेलमा १९ रनले पराजित भएको थियो । पाकिस्तान र जिम्बावेबीच थप दुई टेष्ट सिरिज हुने छ । पहिलो टेष्ट विहिबारदेखि सुरु हुने छ ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.