default_image

5 years ago

April 25, 2021

नेपालको विश्व टि२० वरियतामा सुधार

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० आई वरियतामा सुधार गरेको छ । आइसिसीले आइतार जारी गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको छ ।

नेपालको २८ खेलमा ५ हजार एक सय १३ अंक र १ सय ८३ रेटिङ अंक छ । नेपालले सुधार गर्दा स्कटल्यान्ड १५ औं स्थानमा पुगेको छ । नेपालभन्दा अघि युएई १३ औं, आयरल्यान्ड्स १२ र जिम्बावे ११ औं स्थानमा छन् । विश्व टि२० वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा छ । भारत दोस्रो, अष्ट्रेलिया तेस्रो र पाकिस्तान चौथो स्थानमा यथावत छन्।

नेपालभन्दा पछि पपुवा न्युगिनी १६ औं, नेदरल्यान्ड्स १७ औं, ओमान १८ औं र नामिबिया १९ औं स्थानमा छन् । घरेलु मैदानमा त्रिकोणात्मक टि२० आई सिरिज च्याम्पियन बनेसँगै नेपालले विश्व वरियतामा सुधार गरेको हो । नेपालले शनिबार फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालले त्रिकोणात्मक सिरिजमा खेलेका ५ मध्य ४ खेलमा जित निकालेको थियो । नेपाल ओडिआई वरियतामा भने १७ औं स्थानमा छ ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.