default_image

5 years ago

April 25, 2021

बेंगलोरमाथि चेन्नईको सानदार जित

168 views

0 Bookmark

एजेन्सी – अलराउन्डर रविन्द्र जडेजाको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले आइतबार साँझ सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ६९ रनको सानदार जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो ।

जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोर निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनायो ।
बेंगलोरका ओपनर देवदत्त पाडिक्कलले १५ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३४ रनको योगदान दिए । ओपनर विराट कोहली र देवदत्त पाडिक्कलले पहिलो विकेटका लागि ३.१ ओभरमा ४४ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । युवा अलरउन्डर साम करनले विराटलाई महेन्द्रसिंह धोनीबाट ८ रनमा क्याच गराएसँगै बेंगलोरले लगातार विकेट गुमाएको थियो ।

वासिन्टन सुन्दर ७, ग्लेन म्याक्सवेल २२ र एवि डिभिलियर्स ४ रनमा आउट भए । काइल जामिसनले १६, मोहम्मद शिराजले १२ र युजभेन्द्र चहलले ८ रन जोडे । चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । साम करन र शार्दूल ठाकुरको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । चेन्नईका अलराउन्डर रविन्द्र जडेजा २८ बलमा ४ चौका र ५ छक्का सहित ६२ रनमा अविजित रहे । रविन्द्र जडेजाले तीव्र गतिका बलर हर्षल पटेललाई अन्तिम ओभरमा ५ छक्का र एक चौका सहित कुल ३७ रनको विष्फोटक इनिङ खेलेपछि चेन्नई बलियो योगफलमा पुगेको हो । लगातार चार छक्काका साथ जडेजाले २५ बलमा अर्धशतक पूरा गरेका थिए ।

चेन्नईका ओपनर फाफ डु प्लेसिसले ४१ बलमा ५ चौका र १ छक्का सहित ५० रनको योगदान दिए । चेन्नईलाई ओपनर फाफ डु प्लेसिस र ऋतुराज गायकवाडले पहिलो विकेटका लागि ९.१ ओभरमा ७४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर युजभेन्द्र चहलले ऋतुराजलाई ३३ रनमा काइल जामिसनबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।

ऋतुराजले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । १४ औं ओभरको चौथो बलमा हर्षल पटेलले सुरेश रैनालाई देवदत्त पाडिक्कलबाट २४ रनमा क्याच आउट गराए । रैनाले १८ बलमा १ चौका र ३ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा फाफ डु प्लेसिस क्याच आउट हुन पुगेका थिए । अम्बाती रायूडू ७ बलमा १ चौका र १ छक्का सहित १४ रनमा क्याच आउट भए । बेंगलोरका हर्षल पटेलले ४ ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलको नाममा १ विकेट रह्यो ।

यो जितसँगै चेन्नई ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको आधारको दोस्रो स्थानमा छ । दिल्ली ४ खेलमा ३ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ ।

पन्जाब पाँचौं र राजस्थान रोयल्स छैटौं स्थानमा छन् । राजस्थान र पन्जाब दुबैको ४-४ अंक छ । समान २ अंकका साथ सनराइजर्स हैदराबाद सातौं र कोलकाता नाइट राइडर्स पुछारमा छन् । चेन्नईले अव बुधबार दिल्लीमा हैदराबादसँग खेल्ने छ । बेंगलोरले मंगलबार अहमदाबादमा दिल्लीसँग खेल्ने छ ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.