5 years ago
April 25, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई १ सय ६० रनको मध्यम लक्ष्य दिएको छ । चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५९ रन बनायो ।

दिल्लीका स्टिभ स्मिथ २५ बलमा ३ चौका र १ छक्का सहित ३४ रनमा अविजित रहे । ओपनर पृथ्वी शाले ३९ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ५३ रन बनाए । शिखर धवनले २६ बलमा ३ चौका सहित २८ रन बनाए ।
दिल्लीलाई ओपनर पृथ्वी शा र शिखर धवनले १०.२ ओभरमा ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर राशिद खानले शिखर धवनलाई बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । १२ औं ओभरको तेस्रो बलमा शा रन आउट हुन पुगेका थिए ।

कप्तान ऋषभ पन्त २७ बलमा ४ चौका र १ छक्का सहित ३७ रनमा क्याच आउट भए । कप्तान ऋषभ पन्त र स्टिभ स्मिथले तेस्रो विकेटका लागि ४२ बलमा ५८ रनको साझेदारी गरेका थिए । शिम्रन हेटमायर १ रनमा क्याच आउट भए । मार्कस स्टोइनिस २ रनमा अविजित रहे ।
राशिद खानले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । सिद्धार्थ कौलले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]