5 years ago
April 25, 2021
एजेन्सी – श्रीलंका र बंगलादेशको पहिलो टेष्ट बराबरीमा सकिएको छ । आइतबार बंगलादेशले पाँचौं दिन दोस्रो इनिङ ३३ ओभरमा १००–२ को अवस्थामा टेष्ट बराबरीमा सकिएको थियो ।

ओपनर तमिम इकवाल ७४ र मोमिनुल हक २३ रनमा अविजित रहे । त्यसअघि श्रीलंकाले पहिलो इनिङ १ सय ७९ ओभरमा ६४८–८ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । श्रीलंका कप्तान दिमुथ करुणारत्ने ४ सय ३७ बलमा २६ चौका सहित २ सय ४४ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।
धनन्जय डि शिल्भाले २ सय ९१ बलमा २२ चौका सहित १ सय ६६ रनको शतकीय इनिङ खेलेका थिए । चौथो विकेटका लागि दिमुथ करुणारत्ने र धनञ्जय डी शिल्भाले ३ सय ४५ रनको उत्कृष्ट साझेदारी गरेपछि श्रीलंकाले पहिलो इनिङमा विशाल योगफल बनाएको थियो । बंगलादेशका तस्किन अहमदले ३ ताइजुल इस्लामले २ विकेट लिए ।

त्यसअघि बंगलादेशले पहिलो इनिङमा १ सय ७३ ओभरमा ५४१–७ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । बंगलादेशका नाज्मुल हसन सान्टोले १ सय ६३ र मोनिमुल हकले १ सय २७ रनको शतकीय इनिङ खेलेका थिए । श्रीलंका विश्व फ्रर्नान्डोले ४ विकेट लिए । दुई टेष्ट सिरिजको अन्तिम खेल बिहिबार देखि सुरु हुने छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]