default_image

5 years ago

April 26, 2021

दिल्ली सुपर ओभरमा विजयी

231 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा जितको लागि ८ रन बनाउनु पर्ने दिल्लीले अन्तिम बलमा पूरा गर्दै विजयी भएको थियो ।

सुपर ओभरमा दिल्लीका शिखर धवन र ऋषभ पन्तले ब्याटिङ गरेका थिए । हैदराबादको बलिङ राशिद खानले गरेका थिए । पन्तले पहिलो बलमा एक रन बटुले । राशिद खानले दोस्रो बलमा एक रन खर्चिए । तेस्रो बलमा पन्तले चौका प्रहार गरेपछि दिल्लीको जित सहज बनेको थियो । चौथो बल डट भयो । पाँचौ बलमा एक रन लिए । अन्तिम बलमा रन बटुल्दै दिल्ली सुपर ओभरमा विजय भएको थियो ।


सुपर ओभरमा हैदराबादको केन विलियम्सन र डेविड वार्नर ब्याटिङमा आएका थिए । अक्षर पटेलले पहिलो बल डट राखेका थिए । दोस्रो बलमा डेविड वार्नरले एक रन जोडे । तेस्रो बलमा विलियम्सनले चौका प्रहार गरे । चौथो बल डट हुन पुग्यो । पाँचौं बलमा एक रन बटुले । अन्तिम बलमा २ रन बटुलेपनि सट रनको कारण एक रन मात्र पाएको थियो । कुल सुपर ओभरमा हैदराबादले ७ रन बनायो ।

जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएपछि सुपर ओभरमा पुगेको थियो । हैदराबादलाई जितको लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो । पहिलो बल कागिसो रबाडाले वाइड फाल्दा अर्को बलमा विलियम्सनले चौका प्रहार गरे । तेस्रो बलमा लेग वाईको रुपमा रन बटुले । चौथो बलमा डेब्यू खेल खेलेका जगदिश सुचिथले छक्का प्रहार गरेपछि खेल रोमाञ्चक बनेको थियो । चौथो र पाँचौं बलमा एक एक रन बटुले । अन्तिम बलमा जितको लागि २ रन चाहिँएको थियो । तर सुचिथले एक रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

हैदराबादका केन विलियम्सले संयमित ब्याटिङका साथ ५१ बलमा ८ चौका सहित ६६ रनमा अविजित रहँदै सुपर ओभरमा पुर्याए । डेब्यू खेल खेलेका युवा अलराउन्डर जगदिश सुचिथ ६ बलमा २ चौका र १ छक्का सहित १४ रनमा अविजित रहे । ओपनर जोनी बेयरस्टो १८ बलमा ३ चौका र ४ छक्का सहित ३८ रनमा आउट भए । अक्षर पटेलले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । आवेश खानले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । अमित मिश्राको नाममा १ विकेट रह्यो ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । दिल्लीका स्टिभ स्मिथ २५ बलमा ३ चौका र १ छक्का सहित ३४ रनमा अविजित रहे । ओपनर पृथ्वी शाले ३९ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ५३ रन बनाए । शिखर धवनले २६ बलमा ३ चौका सहित २८ रन बनाए ।

दिल्लीलाई ओपनर पृथ्वी शा र शिखर धवनले १०.२ ओभरमा ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर राशिद खानले शिखर धवनलाई बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । १२ औं ओभरको तेस्रो बलमा शा रन आउट हुन पुगेका थिए ।

कप्तान ऋषभ पन्त २७ बलमा ४ चौका र १ छक्का सहित ३७ रनमा क्याच आउट भए । कप्तान ऋषभ पन्त र स्टिभ स्मिथले तेस्रो विकेटका लागि ४२ बलमा ५८ रनको साझेदारी गरेका थिए । शिम्रन हेटमायर १ रनमा क्याच आउट भए । मार्कस स्टोइनिस २ रनमा अविजित रहे । राशिद खानले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । सिद्धार्थ कौलले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।

चेन्नई ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा उक्लिएको छ । बेंगलोर ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको आधारको तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । पन्जाब पाँचौं र राजस्थान रोयल्स छैटौं स्थानमा छन् । राजस्थान र पन्जाब दुबैको ४-४ अंक छ । समान २ अंकका साथ सनराइजर्स हैदराबाद सातौं र कोलकाता नाइट राइडर्स पुछारमा छन् । हैदराबादले बुधबार चेन्नईसँग खेल्ने छ । दिल्लीले मंगलबार बेंगलोरसँग खेल्ने छ ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.