5 years ago
April 26, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा खेलाडीले कोरोना महामारीको कारण आफ्नो नाम फिर्ता लिने खेलाडी बढ्न थालेका छन् । सोमबार तीन खेलाडीले आफ्नो नाम फिर्ता लिएका छन् ।

रोयल च्यालेन्जर्स बेंगलोरका स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर केन रिचर्डस्न र दिल्ली क्यापिटल्सका स्पिनर रविचन्द्रन आश्विनले कोरोना महामारीको कारण ब्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिई सकेका छन् । आइतबारनै राजस्थान रोयल्सका तीव्र गतिका बलर एन्डिुय टाईले अष्ट्रेलिया फर्किने निर्णय लिई सकेका छन् । आइपिएल सुरु हुनुअघिनै रोयल च्यालेन्जर्स बेंगलोरका ओपनर जोश फिलिपे, सनराइजर्स हैदराबादका मिचेल मार्श र चेन्नई सुपर किंग्सका जोश हेजलवुडले नाम फिर्ता लिएका थिए ।
भारतमा पछिल्लो समय दिनप्रतिदिन कोरोना महामारीले विकराल रुप लिएको छ । आइतबार भारतमा ३ लाख बढी मानिसमा कोरोना संकमण देखिदा २ हजार ७ सय ६७ जनाको मृत्यु भएको थियो ।
आइपिएल अंक तालिका
चेन्नई ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा उक्लिएको छ । बेंगलोर ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको आधारको तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । पन्जाब पाँचौं र राजस्थान रोयल्स छैटौं स्थानमा छन् । राजस्थान र पन्जाब दुबैको ४-४ अंक छ । समान २ अंकका साथ सनराइजर्स हैदराबाद सातौं र कोलकाता नाइट राइडर्स पुछारमा छन् । सोमबार कोलकाता नाइट राइडर्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदै छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]