default_image

5 years ago

April 26, 2021

कुशल सहित पाँच खेलाडी सम्मानित

195 views

0 Bookmark

काठमाडौैं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल सहित पाँच खेलाडी अमेरिका र बेलायतमा बस्दै आएका नेपाली समर्थकबाट नगद पुरस्कार सहित सम्मानित भएका छन् । शनिवार सम्पन्न त्रिकोणात्मक टि२० सिरिजमा उत्कृष्ट प्रर्दशन गर्ने ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी र उपकप्तान दीपेन्द्रसिंह ऐरी नगद रकम सहित सम्मानित भएका हुन् ।

नेपाल क्रिकेट फ्यान क्लब र शालोट नर्थ क्यारोलिना नेपाली क्रिकेट ग्रुपले ९० हजार रुपैयाँ पाँच खेलाडीलाई प्रदान गरेका हुन् । प्लेयर अफ द म्याच चुनिने प्रत्येक खेलाडीलाई १२ हजार र उत्कृष्ट प्रदर्शन गरेका ओपनर आसिफ र कुशललाई १५–१५ हजार रुपैयाँ नगदले सम्मानित गरेका हुन् । सम्मानित खेलाडीलाई सोमबार राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, त्रिकोणात्मक सिरिजका क्रिकेट म्यानेजर प्रकाश पौडेल र क्यानका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य छुम्बी लामाले एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरेका थिए । अमेरिकाबाट ७० हजार र वेलायतबाट झण्डै २० हजार गरि कुल ९० हजार रकम कान्तिपुर खेल पत्रकार विनोद पाण्डेलाई पठाएका थिए ।


कुशल भुर्तेलले प्लेयर अफ द म्याच १२ हजार र उत्कृष्ट ओपनर गरि कुल २७ हजार रुपैयाँ सहित सम्मानित भए । आसिफ शेखले १५, दुई खेलमा प्लेयर अफ द म्याच चुनिएका करणले २४ हजार, दीपेन्द्र र सोमपाल समान १२–१२ हजार रुपैयाँबाट सम्मानित भए । कुशलले ओपनिङ उत्कृष्ट साझेदारीसँगै पहिलो खेलमा प्लेयर अफ द म्याच चुनिएका थिए । नेपाललाई उपाधि जिताउन कुशलले उत्कृष्ट प्रदर्शनका साथ प्लेयर अफ द सिरिज चुनिएका थिए । कुशलले ५ खेलमा ४ अर्धशतक सहित २ सय ७८ रन बनाएका थिए । पहिलो खेलमा नेपाल ९ विकेटले विजयी हुँदा ६२ रनको इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।

दोस्रो खेलमा मलेसियालाई १ सय ९ रनमा अल आउट गर्न करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिदै प्लेयर अफ द म्याच चुनिएका थिए । तेस्रो खेलमा नेपालले २ सय ६ रन बनाएपनि ३ विकेटले पराजित हुन पुगेको थियो । नेपाल पराजित भएपनि ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै दीपेन्द्र सम्मानित भएका हुन् । दीपेन्द्रले ३० बलमा ६० रनको इनिङ खेलेका थिए । चौथो खेलमा मलेसियालाई ६९ रनले हराउन सोमपाल कामीले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर ३ विकेट लिदै प्लेयर अफ द म्याच चुनिएका थिए । नेपाललाई फाईनलमा १ सय ४२ रनको फराकिलो जित दिलाउन करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिदै प्लेयर अफ द म्याच चुनिएका थिए ।


आसिफ शेख र कुशल भुर्तेलले पहिलो खेलमा नेदरल्यानड्सविरुद्ध १ सय १६ र दोस्रो खेलमा मलेसियासँग १ सय २ रनको साझेदारी गर्दै विश्व कीर्तिमान बनाएका थिए । कुशल र आसिफ डेब्यू खेलमा शतकीय साझेदारी गर्ने र सुरुवाती दुई खेलमा दुई शतकीय साझेदारी विश्वकै टि२० क्रिकेटका पहिलो जोडी हुन् ।


सहयोग गर्ने समर्थकहरु

सचिन पराजुली (अमेरिका) : २ सय अमेरिकी डलर

नर्थ क्यारोलिना नेपाली क्रिकेट ग्रुप, शालोट: ३ सय अमेरिकी डलर


सौगात घिमिरे (अमेरिका) : १ सय अमेरिकी डलर


निराजन कुमार राजलावत : ५० अमेरिकी डलर (बेलायत)


विनोद विकाश सिम्खडा (बेलायत) : ५० अमेरिकी डलर


विश्वास हमाल (बेलायत) : ५० अमेरिकी डलर

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.