default_image

5 years ago

April 26, 2021

भारतलाई कमिन्सको आर्थिक सहयोग

220 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया क्रिकेट टोलीका तीव्र गतिका बलर प्याट कमिन्सले भारतीय अस्पताललाई ५० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएका छन् ।

इन्डियन प्रिमियर लिग (आइपिलए) मा कोलकाता नाइट राइडर्सबाट खेलि रहेका कमिन्सले कोरोना महामारीबाट लडि रहेको भारतलाई अक्सिजन खरिदका लागि भारतीय अस्पताललाई ५० हजार अमेरिकी डलर सहयोग गरेका छन् । कमिन्सले सामाजिक सञ्जाल मार्फत उक्त रकम दिने घोषणा गरेका छन् । उक्त रकम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थापना गरेको पिएम केयर्स कोषमा जाने छ ।


‘यहाँ आइपिएल जारी राख्नु उपयुक्त छ वा छैन भन्ने धेरै चर्चा भएको छ । आइपिएल हुँदा लकडाउनमा रहेका जनताले केहि घण्टा आनन्द र देशको लागि प्रत्येक दिन आराम प्रदान गर्छन् । खेलाडी भएको नाताले हामी लाखौ मानिससम्म पुग्न सक्छौं । जुन हामी राम्ररी प्रयोग गर्न सक्दछौैं । त्यो कुरालाई ध्यानमा राख्दै प्रधानमन्त्री केयर्स कोषलाई विशेष सहयोग गरेको छु’, उनले ट्वीटरमा लेखेका छन् ।


कमिन्सलाई सन् २०२० को आइपिएल अक्सनमा कोलकाता नाइट राइडर्सले १५ करोड ५० लाख भारु मा अनुबन्ध गरेको थियो । जारी सिजनको खेलमा कमिन्सले चेन्नई सुपर किंग्सविरुद्ध आठौं नम्बरमा ब्याटिङ गर्दै ६६ रनको इनिङ खेलेका थिए । कमिन्स विश्व टेष्ट वरियताका शीर्षक्रमका बलर हुन् ।

भारतमा पछिल्लो समय दिनप्रतिदिन कोरोना महामारीले विकराल रुप लिएको छ । आइतबार मात्र भारतमा ३ लाख बढी मानिसमा कोरोना संकमण देखिदा २ हजार ७ सय ६७ जनाको मृत्यु भएको थियो ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.