5 years ago
April 26, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २१ औं खेलमा पन्जाब किंग्सविरुद्ध कोलकाता नाइट राइडर्सले पहिला फिल्डिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबाद कोलकाता कप्तान ओईन मोगर्नले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

कोलकाताले टोलीमा परिवर्तन गरेको छैन । पन्जाबले टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर फबियन एलेनको स्थानमा तीव्र गतिका बलर क्रिस जोर्डनलाई मौका दिएको छ ।
कोलकाता प्लेइङ ११ : नितिश राना, सुभमन गिल, राहुल त्रिपाठी, सुनिल नारायण, ओईन मोर्गन, दीनेश कार्तिक, आन्द्रे रसेल, प्याट कमिन्स, शिवम माभी, प्रसिद्ध कृृष्णा र बरुणचक्रवर्ती ।
पन्जाबको प्लेइङ ११ : लोकेश राहुल (कप्तान), मयंक अग्रवाल, क्रिस गेल, दिपक हुडा, निकालेस पुरन, मोइजेस हेनरिक्स, शाहरुख खान, क्रिस जोर्डन, मोहम्मद शामी, रवि विश्रोई र अर्शदीप सिंह ।
आइपिएल अंक तालिका
चेन्नई ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा उक्लिएको छ । बेंगलोर ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको आधारको तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । पन्जाब पाँचौं र राजस्थान रोयल्स छैटौं स्थानमा छन् । राजस्थान र पन्जाब दुबैको ४-४ अंक छ । समान २ अंकका साथ सनराइजर्स हैदराबाद सातौं र कोलकाता नाइट राइडर्स पुछारमा छन् ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]