default_image

5 years ago

April 26, 2021

कोलकातालाई पन्जाबको सामान्य लक्ष्य

178 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २१ औं खेलमा पन्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई १ सय २४ रनको सामान्य लक्ष्य दिएको छ ।


नरेन्द्र मोदी स्टेडियम अहमदाबाद टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनायो । पन्जाबका ओपनर मयंक अग्रवालले ३४ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक ३१ रनको योगदान दिए । कप्तान लोकेश राहुल २० बलमा २ चौका र १ छक्का सहित १९ रनमा क्याच आउट भए ।

क्रिस गेल शून्य, दिपक हुडा १, निकोल पुरन १९, मोइजेस हेनरिक्स २ र शाहरुख खान १३ रनमा आउट भए । तल्लोक्रममा क्रिस जोर्डनले १८ बलमा ३ छक्का र १ चौका सहित ३० रन बनाए ।

कोलकाता सुनिल नारायणले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्सले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । प्रसिद्ध कृष्णाले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । बरुण चक्रवर्ती र शिवम माभीको नाममा १-१ विकेट रह्यो ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.