5 years ago
April 27, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्समाथि रोयल च्यालेन्जर्स बेंगलोरले १ रनको रोमाञ्चक जित निकालेको छ । रोमाञ्चक जितसँगै बेंगलोर शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७० रन बनायो । दिल्लीलाई जितको लागि अन्तिम ओभरमा १४ रन चाहिएको थियो । मोहम्मद शिराजले १२ रन खर्चिदै रोमाञ्चक जित दिलाएका हुन् । सुरुवाती दुई बलमा योर्करका साथ शिराजले १–१ रन दिए । तेस्रो बलमा पन्तलाई बल डट राखेपछि बेंगलोरको सम्भावना बढेको थियो । चौथो बलमा पन्तले दुई रन बटुलेका थिए । अन्तिम दुई बलमा १० रन चाहिँएको थियो । ऋषभ पन्तले लगातार दुई चौका प्रहार गरेपनि टोलीको झिनो हार टार्न सकेनन् ।

दिल्लीका कप्तान ऋषभ पन्त ४८ बलमा ६ चौका ५८ रनमा अविजित रहे । शिम्रन हेटमायर २५ बलमा २ चौका र ४ छक्का सहित ५३ रनमा अविजित रहेपनि टोलीलाई जिताउन सकेनन् । हेटमायरले ब्यक्तिगत १५ रनमा क्याच ड्रप हुँदा जीवनदान पाएका थिए । काइल जामिसनको १६ औं ओभरको पहिलो बलमा लङअनमा देवदत्त पाडिक्कलले क्याच ड्रप गरेका थिए ।
तीव्र गतिका बलर काइल जामिसनले तेस्रो ओभरको तेस्रो बलमा ओपनर शिखर धवनलाई युजभेन्द्र चहलबाट ६ रनमा क्याच आउट गराएका थिए । एक ओभरपछि मोहम्मद शिराजले स्टिभ स्मिथलाई ४ रनमा एवि डिभिलियर्सबाट क्याच गराउँदै पेभिलिएन फर्काए । ओपनर पृथ्वी शालाई हर्षल पटेलले २१ रनमा क्याच आउट गराए । शाले १८ बलमा ३ चौका प्रहार गरे । मार्कस स्टोइनिस १७ बलमा ३ चौका सहित २२ रनमा क्याच आउट भए ।

बेंगलोरका हर्षल पटेलले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराज र काइल जामिसनले १–१ विकेट लिए ।
त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । बेंगलोरका एवी डिभिलियर्स ४२ बलमा ३ चौका र ५ छक्का सहित सर्वाधिक ७५ रनमा अविजित रहे । बंगलोरलाई बलियो योगफलमा पुर्याउन अन्तिम ओभरमा मार्कस स्टोइनिसलाई ३ छक्का सहित कुल २३ रन जोडेका थिए ।
चौथो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर आवेश खानले कप्तान विराट कोहलीलाई १२ रनमा बोल्ड आउट गर्दै दिल्लीलाई पहिलो सफलता दिलाएका थिए । लगत्तै पाँचौं ओभरको पहिलो बलमा इशान्त शर्माले देवदत्त पाडिक्कललाई १७ रनमा बोल्ड आउट गरेका थिए । पाडिक्कलले १४ बलमा ३ चौका प्रहार गरे ।
ग्लेन म्याक्सवेल २० बलमा १ चौका र २ छक्का सहित २५ रनमा क्याच आउट भए । रजित पातिदर २२ बलमा २ छक्का सहित ३१ रन बनाए । वासिन्टन सुन्दर ६ रनमा आउट हुँदा ड्यानियल साम्स ३ रनमा अविजित रहे । दिल्लीका ईशान्त शर्मा, अमित मिश्रा, अक्षर पटेल, आवेश खान र कागिसो रबाडाले १–१ विकेट लिए ।
यो जितसँगै बेंगलोर ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका दोस्रो शीर्षस्थानमा छ । दिल्ली ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा हार र २ मा जित सहित पाँचौ स्थानमा छ । पन्जाब छैटौं, राजस्थान रोयल्स सातौं र सनराइजर्स हैदराबाद पुछारमा छन् । दिल्लीले विहिबार कोलकातासँग खेल्ने छ । बंगलोरले शुक्रबार पन्जाबसँग खेल्ने छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]