5 years ago
April 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० वरियतामा ठूलो फड्को मार्दै विश्वका चर्चित खेलाडीलाई पछि पारेका छन् ।

आइसिसीको नयाँ वरियतामा कुशल ९३ औं स्थानबाट ६१ औं स्थानमा उक्लिएका छन् । कुशलले एकै पटक ३२ स्थान सुधार गरेका छन् । भारतीय क्रिकेट टोलीका सूर्यकुमायर यादव, ऋषभ पन्त र अष्ट्रेलिया स्टिभ स्मिथ, इंग्ल्यान्डका जो रुट जस्ता विश्व चर्चित ब्याट्सम्यानलाई पछि पारेका छन् । पन्त ब्याटिङको वरियतामा ७१ औं, स्मिथ ६४ औं, सुर्य कुमार यादव ६६ र रुट ७८ औं स्थानमा छन् । कुशलको ४ सय ४२ रेटिङ प्वाइन्ट छ । पारस थप ४ स्थान खस्किदै ८८ औं स्थानमा पुगेका छन् ।

कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा छन् । ज्ञानेन्द्रको ३ सय ५७ रेटिङ अंक छ । पारसको ३ सय ६२ रेटिङ अंक छ । ब्याटिङको शीर्षक्रममा इंग्ल्यान्डका डेविड मलान हुँदा अष्ट्रेलिया कप्तान अरोन फिन्च दोस्रो स्थानमा उक्लिएका छन् । पाकिस्तानका कप्तान बाबर आजम एक स्थान खस्किदै तेस्रो स्थानमा झरेका छन् । बलिङतर्फ लेगस्पिनर सन्दीप लामिछाने ७७ औं स्थानमा यथावत छन् । बलिङतर्फ दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी, अफगानिस्तानका राशिद खान, अष्ट्रेलिया एस्टन अगर र इंग्ल्यान्डका आदिल राशिद : क्रमशः शीर्ष, दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । अलराउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा छन् ।
नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टि२० आई सिरिजमा नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेलले डेब्यू गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि वरियतामा ठूलो फड्को मारेका हुन् । नेपाललाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका कुशलले त्रिकोणात्मक टि२० आई सिरिजको कुल ५ खेलमा ४ अर्धशतक सहित २ सय ७८ रन बनाउँदै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । कुशलले खेलेका ५ मध्य ४ खेलमा अर्धशतक प्रहार गरेका थिए ।

कुशलले पहिलो खेलमा नेदरल्यान्ड्ससँग डेब्यू गर्दै ६२ रन बनाएका थिए । दोस्रो खेलमा मलेसियासँग ६१ रनमा अविजित हुँदा नेदरल्यान्ड्ससँग ६२ रनमा आउट भएका थिए । मलेसियासँग १६ रनमा आउट हुँदा फाइनलमा ७७ रन बनाएका थिए । कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने टि२० आईमा पहिलो खेलाडी समेत हुन् । नेपालले फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनको विशाल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]