5 years ago
April 28, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २३ औं खेलमा चेन्नई सुपर किंग्सविरुद्ध सनराइजर्स हैदराबादले पहिला ब्याटिङ गर्ने भएको छ । दिल्लीमा हैदराबादका कप्तान डेविड वार्नरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

हैदराबादले टोलीमा दुई परिवर्तन गरेको छ । टोलीमा सन्दीप शर्मा र मनिष पाण्डे फर्किएका छन् । विराट सिंह र अभिषेक शर्मालाई हैदराबादले बेन्चमा राखेको छ । चेन्नईले इमरान ताहिर र ड्वेन ब्राभोलाई बेन्चमा राख्दै तीव्र गतिका बलर लुन्गी एनगिडी र अलराउन्डर मोईन अली टोलीमा फर्किएका छन् ।
चेन्नई आजको खेलमा पुछारमा रहेको हैदराबादलार्ई हराउँदै शीर्षस्थानमा उक्लिने सोचमा छ । हैदराबाद चेन्नईमाथि जित निकाल्दै पुछारबाट उक्लिन चाहन्छ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई राम्रो लयमा रहँदै पछिल्ला चार खेलमा लगातार जित निकालेको छ ।
चेन्नईको प्लेइङ ११ : फाफ डु प्लेसिस, ऋतुराज गायकवाड, सुरेश रैना, अम्बाती रायुडू, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी, साम करन, लुन्गी एनगिडी, शार्दूल ठाकुर, मोईन अली र दीपक चहर ।
हैदराबादको प्लेइङ ११ : डेविड वार्नर (कप्तान), जोनी बेयरस्टो, केन विलियम्सन, मनिष पाण्डे, केदार जाधव, विजय शंकर, राशिद खान, जगदिश सुचिथ, सन्दीप शर्मा, खलिल अहमद र सिद्धार्थ कौल ।
हेड टु हेड :
आइपिएलमा चेन्नई र हैदराबादबीच कुल १४ खेल भएको छ । जसमा चेन्नई १० खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । चेन्नईले हैदराबादविरुद्ध बनाएको सर्वाधिक २ सय २३ र कम १ सय ३२ रन छ । हैदराबादले चेन्नईविरुद्ध बनाएको सर्वाधिक रन १ सय ९२ र कम १ सय ३९ रन छ । पछिल्ला पाँच खेलमा चेन्नई तीन खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको छ । गत वर्ष पहिलो खेलमा हैदराबाद ७ रनले विजयी हुँदा दोस्रो खेलमा २० रनले पराजित भएको थियो ।
अंक तालिका
बेंगलोर ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा छ। चेन्नई ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका दोस्रो शीर्षस्थानमा छ । दिल्ली ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा हार र २ मा जित सहित पाँचौ स्थानमा छ । पन्जाब ६ खेलमा ४ मा जित र २ मा हार सहित ४ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान रोयल्स ५ खेलमा ३ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ५ खेलमा ४ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]