default_image

3 years ago

April 29, 2021

तेस्रो जितको सोचमा मुम्बई र राजस्थान

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ अन्तर्गत विहिबार पहिलो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल ३ : ४५ मा दिल्लीमा सुरु हुने छ । मुम्बई रोहित शर्मा र राजस्थान रोयल्स सञ्जु स्यामसनको कप्तानीमा मैदान उत्रने छ । दुबै टोली तेस्रो जित निकाल्ने सोचमा छन् । मुम्बईले यस सिजनमा अपेक्षा […]

51 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ अन्तर्गत विहिबार पहिलो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल ३ : ४५ मा दिल्लीमा सुरु हुने छ । मुम्बई रोहित शर्मा र राजस्थान रोयल्स सञ्जु स्यामसनको कप्तानीमा मैदान उत्रने छ । दुबै टोली तेस्रो जित निकाल्ने सोचमा छन् ।


मुम्बईले यस सिजनमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन । ब्याटिङमा कमजोर प्रदर्शन गर्दै आएको छ । पछिल्लो खेलमा मुम्बई पन्जाब किंग्ससँग ९ विकेटले पराजित हुन पुगेको थियो । मुम्बईका कप्तान रोहित शर्माले पन्जाबविरुद्ध ६३ रन बनाएका थिए । अन्यले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । ओपनर क्विन्टन डी ककले खेलेका चार खेल मध्य तीनमा दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । उनलाई ठूलो इनिङ खेल्न आवश्यक र दबाब दुबै छ ।

सूर्यकुमार यादव र ईशान किशनले पनि यस सिजनमा सुरुवाती समय अपेक्षा अनुसार प्रदर्शन सकेका छैनन् । यी दुई ब्याट्सम्यानबाट ठूलो इनिङ चाहन्छ । हार्दिक पान्ड्या र काइरन पोलार्डबाट मुम्बई उत्कृष्ट फिनिसिङ चाहन्छ । स्पिनर राहुल चहरले राम्रो प्रदर्शन गरि रहेका छन् । उनलाई क्रुनाल पान्ड्याले राम्रो साथ दिन आवश्यक देखिन्छ । तीव्र गतिका बलर ट्रेन्ट बोल्ट र जस्प्रित बुमराहबाट मुम्बई उत्कृष्ट प्रदर्शन चाहन्छ ।


राजस्थानले पछिल्लो खेलमा कोलकता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको थियो । राजस्थान रोयल्सका प्रमुख खेलाडी जोफ्रा आर्चर र बेन स्टोक्स यस सिजन टोलीमा नहुँदा समस्यामा परेको छ । कोलकातालाई हराउन तीव्र गतिका बलर क्रिस मोरिसले ४ विकेट लिदै सहज जित दिलाएका थिए । राजस्थानका ब्याट्सम्यानलाई ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक देखिन्छ । ओपनर जस बटलर, कप्तान सञ्जु स्यामसन र डेविड मिलर प्रमुख ब्याटिङ हतियार हुन् । अलराउन्डर शिवम दुबे र राहुल टेवटिया अलराउन्ड हतियार हुन् । तीव्र गतिमा मोरिस, जयदेव उनादकट र चेतन साकरिया छन् ।


हेड टु हेड :


आइपिएलमा राजस्थान र मुम्बईबीच कुल २३ खेल भएको छ । दुबै टोलीले ११–११ जित निकालेका छन् । गतवर्ष पहिलो खेलमा मुम्बई ५७ रनले विजयी हुँदा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो ।

अंक तालिका

चेन्नई सुपर किंग्स ६ खेलमा ५ जित र १ मा हार सहित १० अंक सहित शीर्षस्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक सहित तेस्रो स्थानमा छ । साविक विजेता मुम्बई इन्डियन्स ५ खेलमा ३ मा हार र २ मा जित सहित ४ अंक बटुल्दै नेट रनरेटको आधारमा चौथो स्थानमा छ ।

कोलकाता ६ खेलमा ४ मा हार र २ जित सहित ४ अंकका साथ पाँचौ स्थानमा छ । पन्जाब ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान रोयल्स ५ खेलमा ३ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

Success

Thank you for your time.