5 years ago
April 29, 2021
एजेन्सी – भारतमा दोस्रो चरणको कोरोना महामारीले विकराल रुप लिँदा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा पनि असर र त्रास फैलिएको छ । भारतमा कोरोना महामारीले महाविकराल रुप लिँदै गर्दा अम्पायर र खेलाडी दुबैले विस्तारै आइपिएल छोड्न थालेका छन् ।

भारतीय प्रमुख अम्पायर नितिन मेनन र अष्ट्रेलिया पाउल रेफेलले ब्यक्तिगत कारण देखाउँदै आइपिएल छाडेका छन् । वर्तमान समयका भारतीय प्रमुख अम्पायर नितिन मेननले आफ्नो श्रीमती र आमा कोरोना संक्रमण देखिएपछि छोडेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नितिन आइसिसीको इलिट प्यानलमा रहेका वर्तमान समयका एकमात्र भारतीय अम्पायर हुन् । उनले भारत र इंग्ल्यान्डसँगको सिरिजमा गरेको अम्पायरिङ निर्णयले राम्रो चर्चा पाएको थियो । भारतमा तीव्र रुपमा कोरोना संक्रमण बढ्दा अष्ट्रेलिया सकरकारले यात्रामा प्रतिबन्ध लगाएको छ । जसको कारण पाउल रोफेलले पनि छाडेको बुझिएको छ ।
गत सोमबार अष्ट्रेलिया तथा रोयल च्यालेन्जर्स बेंगलोरका तीव्र गतिका बलर केन रिचर्ड्सन, स्पिनर एडम जाम्पा र राजस्थान रोयल्सका एन्डिुय टाईले नाम फिर्ता लिदै स्वदेश फर्किएका थिए । दिल्ली क्यापिटल्सका स्पिनर रविचन्द्रन आश्विनले कोरोना महामारीको कारण ब्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिई सकेका छन् । भारतमा बुधबार मात्र ३ लाख ८० हजारमा कोरोना संक्रमण देखिदा झण्डै ३ हजार ६ सयको मृत्यु भएको थियो ।
भारतमा कोरोनाले महाविकराल रुप लिदा आइपिएल भने जारी रहँदै आएको छ । हालसम्म २३ खेल सकिदा चेन्नई सुपर किंग्स ५ खेलमा १० अंक सहित शीर्ष स्थानमा छ । बिहिबार आइपिएलका दुई खेल हुँदै छन् । पहिलो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच दिल्लीमा दिउँसो ३ : ४५ मा सुरु हुने छ । दोस्रो खेल ७ : ४५ मा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच अहमदाबादमा सुरु हुने छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]