5 years ago
April 29, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २५ औं खेलमा आज कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुने छ ।

दिल्ली कोलकातामाथि जितका साथ दोस्रो स्थानमा उक्लिने सोचमा छ । विशाल जित निकाल्न सके चेन्नई सुपर किंग्सलाई नेट रनरेटले पछि पार्दै दिल्ली शीर्षस्थानमा उक्लिने छ । कोलकाता दिल्लीलाई हराउँदै चौथो स्थानमा उक्लिने सोचमा छ । दिल्ली ऋषभ पन्त र कोलकाता ओईन मोर्गनको कप्तानीमा मैदान उत्रने छ ।
पछिल्लो खेलमा दिल्ली रोयल च्यालेन्जर्स बेंगलोरसँग १ रनले पराजित हुन पुगेको थियो । जसक्रममा कप्तान ऋषभ पन्त र शिम्रन हेटमायरले अर्धशतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेका थिएनन् । हेटमायरको लय फर्किनु दिल्लीको लागि सकरात्मक कुरा हो । पृथ्वी शा र शिखर धवनलाई ओपनिङमा ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ ।

स्टिभ स्मिथको स्थानमा दिल्लीले इंग्ल्यान्डका साम विलिंग्सलाई मौका दिनसक्छ । कागिसो रबाडा प्रमुख हतियार हुन् । स्मिथलाई बेन्चमा राखेर अजिक्या रहानेलाई मौका दिदै दिल्लीले रबाडा र एनरिच नोर्कियाको जोडिलाई मैदान उतार्न सक्छ । यस सिजनमा राम्रो प्रदर्शन गरेका आवेश खान कोलकातालाई टाउको दुखाईको ब्याट्सम्यान बन्न सक्छन् । स्पिनरमा अक्षर पटेल र अमित मिश्रा छन् ।
यता कोलकाता पछिल्लो खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । कोलकातालाई प्ले अफको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । ओपनर सुभमन गिललाई टोलीमा आक्रामक सुरुवात दिन आवश्यक देखिन्छ । गिलको स्थानमा भारतीय घरेलु क्रिकेटमा उच्च प्रदर्शन गर्दै आएका वेंकटेश अय्यर राम्रो विकल्प सावित हुन सक्छन् ।

नितिश राना, कप्तान ओईन मोर्गन र दीनेश कार्तिकलाई ठूलो इनिङ खेल्न दबाब छ । अलराउन्डर आन्द्रे रसेलबाट कोलकाता विष्फोटक इनिङ चाहन्छ । तीव्र गतिका बलर प्याट कमिन्स पनि तल्लोक्रममा ठूला सटको क्षमता राख्छन् । तीव्र गतिको हतियार कमिन्स, प्रसिद्ध कृष्णा र शिवम माभी हुने छन् । स्पिनरमा बरुण चक्रवर्ती प्रमुख हतियार हुन् ।
हेड टु हेड :
आइपिएलमा दिल्ली र कोलकाताबीच कुल २६ खेल भएको छ । कोलकाता १४ खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ । १ खेलको नतिजा विहिन छ । गतवर्ष पहिलो खेलमा दिल्ली १८ रनले विजयी हुँदा दोस्रो खेलमा ५९ रनले पराजित भएको थियो । पछिल्ला पाँच खेल मध्य चार खेलमा दिल्ली विजयी भएको छ ।
अंक तालिका
चेन्नई सुपर किंग्स ६ खेलमा ५ जित र १ मा हार सहित १० अंक सहित शीर्षस्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक सहित तेस्रो स्थानमा छ । साविक विजेता मुम्बई इन्डियन्स ५ खेलमा ३ मा हार र २ मा जित सहित ४ अंक बटुल्दै नेट रनरेटको आधारमा चौथो स्थानमा छ ।
कोलकाता ६ खेलमा ४ मा हार र २ जित सहित ४ अंकका साथ पाँचौ स्थानमा छ । पन्जाब ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान रोयल्स ५ खेलमा ३ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]